केन्द्रीय संस्करण

अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको कार्गो रकेट प्रक्षेपण

person explore access_timeजेठ १६, २०७८ chat_bubble_outline0

बेइजिङ । चीनले अन्तरिक्षमा निर्माण गरिरहेको नयाँ अन्तरिक्ष केन्द्रका लागि सामान बोकेको एउटा कार्गो रकेट दक्षिण चीन सागरस्थित द्वीपबाट शनिबार प्रक्षेपण गरेको छ ।  लङ मार्च ७ नामको रकेटले स्वचालित टियानझाउ–२ अन्तरिक्ष यानलाई लिएर अन्तरिक्ष प्रस्थान गरेको छ । हैनान द्वीपको वेनचाङ प्रक्षेपण केन्द्रबाट उक्त रकेट शनिबार राति ८.५५ बजे उडाइएको चिनियाँ अन्तरिक्ष केन्द्रले जनाएको छ । 

रकेट प्रक्षेपण गरिएको १० मिनटभित्रै सफलतापूर्वक अन्तरिक्ष कक्षमा प्रवेश गरेको थियो ।  चिनियाँ सरकारी समाचार संस्थाहरूका अनुसार टियानझाउ–२ मा इन्धन र सामान राखिएको छ । अन्तरिक्षमा स्थापना हुने नयाँ अन्तरिक्ष केन्द्रको मुख्य मोड्युल गत अप्रिल २९ मा अन्तरिक्षमा पठाइएको थियो ।

चिनिया अन्तरिक्ष निकायका अनुसार अर्को वर्षभित्र ११ वटा प्रक्षेपण मार्फत अरु दुई वटा मोड्युल अन्तरिक्षमा पठाइने छ । नयाँ अन्तरिक्ष केन्द्र ७० टनको हुनेछ । यी प्रक्षेपण मार्फत बन्दोबस्तीका सामानका साथै तीनजना अन्तरिक्ष यात्री पनि अन्तरिक्षमा पठाउने चीनको तयारी छ । 

चीनले प्रक्षेपण गरेको तियान्हे रकेट भने अनियन्त्रित भई हालै मात्र पृथ्वीमा खसेको थियो । चीनले आफ्नो महत्वाकांक्षी अन्तरिक्ष कार्यक्रमकै एक हिस्साका रुपमा प्रक्षेपण गरेको तियान्हे तेस्रो तथा सबैभन्दा ठूलो कक्षीय स्टेशन हो ।
बेइजिङले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सहभागी भइरहेको छैन, र यसको मुख्य कारण अमेरिकी अवरोध हो । –एपी

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.