बुधबार, २१ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतले पत्ता लगायो नयाँ विधि, कुला गरेर कोरोना परीक्षण

आइतबार, १६ जेठ २०७८, १७ : २१
आइतबार, १६ जेठ २०७८

भारतको नागपुरस्थित नेशनल इन्भाइरोमेन्ट इन्जिनियरिङ रिसर्च इन्स्टिच्युट (एनईईआरआई) ले कोरोना परीक्षणको सहज तरिका पत्ता लगाएको छ । जसअनुसार ३ घण्टामै कोरोनाको नतिजा थाहा पाउन सकिन्छ ।  यस प्रक्रियालाई सलाईन गार्गल आरटी–पिसिआर नाम दिइएको छ । यसको अर्थ नुनपानीबाट कुला गर्दै कोरोनाको जाँच गर्न सकिन्छ । यस प्रविधिलाई इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले शनिबार स्वीकृति दिएको छ ।  एनईईआरआईका अनुसार भारतमा परीक्षण बढाउनका लागि यो प्रक्रिया सहयोगी हुनेछ । 

यो प्रक्रिया निकै सरल, तिव्र र आरामदायी रहेको तथा ग्रामिण इलाकामा सहयोगी साबित हुने जनाइएको छ । एनईईआरआईका भिरोलोजी डिपार्टमेन्टका प्रमुख वैज्ञानिक डाक्टर कृष्णा खैरनारका अनुसार यो प्रक्रिया निकै सहज छ ।
आमरुपमा मानिसहरुले आरटी–पिसिआर परीक्षणका लागि स्वाबको नमूना दिन दुई घण्टासम्म लाइन बस्नुपर्ने अवस्था छ । त्यसपछि स्वाबको नमूनालाई संकलन गरेर ल्याबसम्म पुर्याउन पनि समय लाग्छ । यसको ठिक उल्टो सलाईन गार्गल आरटी–पिसिआर परीक्षणबाट तुरुन्तै स्याम्पल दिन सकिन्छ र नतिजा पनि ३ घण्टाभित्रै आउँछ । भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डाक्टर हर्षवर्दनले यो प्रविधि गेम चेन्जर साबित हुनसक्ने बताएका छन् । 

बिरामीले कसरी लिन सक्छन् स्याम्पल 

–स्याम्पल लिनका लागि एक सामान्य स्याम्पल कलेक्सन ट्युब जरुरी हुन्छ । 

–बिरामीले नुन पानीबाट १५ सेकेन्ड कुला गरेपछि त्यसलाई ट्युबमा हाल्नुपर्छ । 

–स्यामपललाई कोठाको तापक्रममा एनईईआरआईले तयार गरेको विशेष घोलमा राखिन्छ । 

–घोललाई तातो गरेपछि एक आरएनए टेम्प्लेट तयार हुन्छ । 

– यसलाई आरटी–पिसिआरका लागि प्रोसेस गरिन्छ । 

–अन्य प्रक्रियाको दाँजोमा यो निकै सस्तो छ । 

–वेस्टेज निकै कम निस्कने भएकाले पर्यावरणका लागि पनि फाइदाजनक छ ।

आरटी–पिसिआर के हो ?

आरटी–पिसिआरको अर्थ रिभर्स ट्रान्सक्रिप्शन पोलिमरिज चेन रिएक्सन टेस्ट हुन्छ । जसअन्तर्गत, बिरामीभित्र भाइरस पत्ता लगाउनका लागि डिएनए चेन रिएक्सन गराइन्छ । परीक्षणमार्फत भाइरसको जेनेटिक मेटेरियललाई  जाँच गरिन्छ । कोरोना आरएनए भाइरस हो । यसमा परीक्षणका लागि उपयोग गरिनेवाला आरएनए बिरामीको स्वाबबाट निकालिएको हुन्छ ।  श्रोतः दैनिक भाष्कर 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप