शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमा कुन प्रदेशलाई कति वित्तीय हस्तान्तरण  ?

आइतबार, १६ जेठ २०७८, १७ : १४
आइतबार, १६ जेठ २०७८


सरकारले आगामी आर्थिक वर्षमा प्रदेशहरूलाई १ खर्ब ३ अर्ब ७० करोड २५ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गर्दैछ । यसमध्ये चालुमा ७४ अर्ब २२ करोड १७ लाख रुपैयाँ रहेको छ भने पुँजीगत शीर्षकमा २९ अर्ब ४८ करोड ८ लाख रहेको छ । समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी सरकारले प्रदेशमा वित्तीय हस्तान्तरण गर्दछ ।

आर्थिक वर्ष २०७८/७९ मा प्रदेश १ मा सर्वाधिक १६ अर्ब २९ करोड ३६ लाख हस्तान्तरण गरिँदैछ भने दोस्रोमा लुम्बिनी प्रदेशमा १५ अर्ब ६१ करोड २५ लाख रुपैयाँ रहेको छ । तेस्रो स्थानमा कर्णाली प्रदेशमा १५ अर्ब ५५ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

 

प्रदेश २ मा १३ अर्ब ९० करोड ३४ लाख रुपैयाँ हस्तान्तरण गरिने भएको छ भने बागमती प्रदेशका लागि १४ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ छुट्याइएको छ । गण्डकी प्रदेशमा सबैभन्दा कम १३ अर्ब २ करोड ९७ लाख रुपैयाँ हस्तान्तरण गरिनेछ भने सुदूरपश्चिम प्रदेशले १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ हस्तान्तरण गरिने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप