सोमबार, २२ पुस २०८१
ताजा लोकप्रिय

मोरङमा निषेधाज्ञा जेठ २४ सम्म लम्बियो

आइतबार, १६ जेठ २०७८, १७ : ०८
आइतबार, १६ जेठ २०७८

जिल्ला प्रशासन कार्यालय मोरङले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म लम्ब्याएको छ। चौथो पटक थपिएको निषेधाज्ञाको समय भोलि सोमबार राती १२ बजेसम्म रहेकोमा पुनः एक साता थप गरिएको हो । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ ।
 झापा र सुनसरी जिल्लाले पनि निषेधाज्ञाको अवधि बढाइसकेका छन् । मोरङसहितका यी तीन जिल्ला कोरोना संक्रमण सवैभन्दा धेरै भएका जिल्ला हुन् ।

कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा लगाउन चर्को दवाव परेपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि लागु निषेधाज्ञा लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप