बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगममा छिटोभन्दा छिटो स्टाजिटिक पार्टनर ल्याइने

आइतबार, १६ जेठ २०७८, १७ : ०१
आइतबार, १६ जेठ २०७८

सरकारले नेपाल वायुसेवा निगम सञ्चालनमा छिटो भन्दा छिटो स्टाजिटिक पार्टन ल्याइने बताएको छ । गत शनिबार बजेट मार्फत स्टाजिटिक अर्थात् व्यवसायिक साझेदार बारे मुख खोलेको सरकारले आइतबार पत्रकार सम्मेलन मार्फत थप प्रष्ट पारको हो । 

पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगानाले तत्काल कार्यदल बनाएर कम्पनीमा साझेदार भित्र्याउने गृह कार्य थालनी गर्ने बताए ।  उक्त साझेदारी सार्वजनिक–निजी–सरकारी वा अन्तर्राष्ट्रिय जे पनि हुनसक्ने उनले बताए । 

यता नेपाल टेलिकमको बारेमा भने पब्लिक इन्भेष्टमेन्टमा गएपनि सार्वजनिक रुपमा नभएर जसले एनटीसीको सेवा उपभोग गर्छ त्यसैलाई सेयर प्रदान गर्ने गरि नाफा घाटाको अधिकार प्रदान गरिने नीति लिन लागिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप