पाकिस्तानमा विपक्षीहरुले गरे आन्दोलनको घोषणा
विपक्षी ११ राजनीतिक दलह गठबन्धन पाकिस्तान डेमोक्रेटिक पार्टी (पीडीपी) ले इमरान खानको सरकारविरुद्ध नयाँ चरणको आन्दोलन घोषणा गरेको छ ।
आन्दोलनको सुरुवात स्वात जिल्लाबाट ४ जुलाईमा हुनेछ । पीडिएम संयोजक फजलुर रहमानका अनुसार स्वातपछि कराची, इस्लामावाद र अन्य शहरहरुमा पनि प्रदर्शन हुनेछ ।
गठबन्धनका सबै पार्टीहरू समावेश बैठकले यस्तो निर्णय गरेको रहमानले बताए । इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभिएम) बाट चुनाव गराउने सरकारको कोसिसलाई पनि विपक्षीहरुले धाँधली भनेका छन् । उनीहरुले ईभिएमबाट चुनाव गराउने योजना अस्विकार गरेका छन् ।
पत्रकार हमलाको सर्वत्र विरोध
पाकिस्तानको राजधानी इस्लामावादमा केही समयअघि स्वतन्त्र पत्रकार असद अली तूरमाथि ज्यानै जानेगरी हमला भएको थियो । हमलाकारीहरुले आफु आईएसआई (पाकिस्तानको गुप्तचर निकाय) का व्यक्ति रहेको दाबी गरेको घाइते पत्रकार तूरले बताएका थिए । यसको घटनाको देश–विदेशमा निन्दा भइरहेको छ ।
अहिले आईएसआईले यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको र आफुलाई बद्मान गर्ने सुनियोजित षड्यन्त्र भइरहेको जनाएको छ ।
यता तूरको आवाज बन्द गर्न खोजिएको पाकिस्तानका पत्रकारहरुको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताबद्ध भएर स्ववियु निर्वाचनमा उत्रन प्रधानमन्त्रीको आह्वान
-
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीलाई
-
हराएका दुई सय ७३ सवारीसाधन हस्तान्तरण
-
६१ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ
-
रिहा भएपछि रवि लामिछानेले भने– न्यायालयप्रति सम्मान गर्छु, समय आएपछि बोल्छु
-
१० बजे १० समाचार : रवि रिहादेखि रास्वपा उत्साहितसम्म