बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

परीक्षणसँगै संक्रमितको संख्यामा कमी : थप ४३६९ जनामा संक्रमण पुष्टि

आइतबार, १६ जेठ २०७८, १६ : २५
आइतबार, १६ जेठ २०७८

पछिल्लो २४ घण्टामा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १० हजार ९८६ गर्दा ३७०२ तथा तथा एन्टिजेन विधिबाट  १७८४ जनाको परीक्षण गर्दा ६६७ जनामा काेराेना पुष्टि भएको हो । यही अवधिमा ६२०५ जना निको भएका छन् । कोभिड–१९ बाट थप १०९ जनाले ज्यान गुमाएका छन् ।

परीक्षणको संख्यामा कमी गरेसँगै पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा कमी देखिएको हो । नेपालमा अझै पनि संक्रमणको दर उच्च रहेको छ । आज पनि परीक्षण गरेकोमा संक्रमणको दर ३४ प्रतिशतभन्दा माथि देखिएको छ । यसअघि दैनिक २० हजारमाथि परीक्षण हुँदै आएकोमा आइतबार यो संख्या १२ हजार ७७० मात्र रहेको छ ।

शनिबार पनि १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो जसमा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार थप ६०८० जना निको भएका थिए भने ११६ जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप