बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कतार र संयुक्त अरब इमिरेट्स : दुश्मनीपछि दोस्तीको बाटोमा

आइतबार, १६ जेठ २०७८, १६ : २५
आइतबार, १६ जेठ २०७८

संयुक्त अरब इमिरेट्स र कतारबीच थुप्रै चरणमा कुराकानी भएको र मतभेद सुल्झाउनका लागि दुई देशबीच सकारात्मक माहौल बनेको कतारका विदेशमन्त्रीले बताएका छन् ।

अरब देशको आपसी विवाद समाप्त गर्नका लागि भएको सम्झौतापछि कतार र संयुक्त अरब इमिरेट्सबीच यस विषयमा छलफल भइरहेको छ । सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग आफ्नो सबै सम्बन्ध समाप्त गरेका थिए ।

यी देशका अनुसार कतारले इस्लामी चरमपन्थलाई प्रश्रय दिइरहेको छ । कतारले यी आरोप अस्वीकार गरेको थियो । तर यसै वर्ष जनवरीमा साउदी अरबले यो विवाद समाप्त गर्नका लागि सम्झौताको घोषणा गरेको थियो ।

समाचार एजेन्सी रोयटर्सले कूटनीतिज्ञ र क्षेत्रीय सूत्रलाई उद्धृत गर्दै साउदी अरब र इजिप्ट, यूएई र बहराइनको तुलनामा तीब्र गतिमा कतारसँग आफ्नो सम्बन्ध सुधार्ने दिशामा अघि बढिरहेको बताएको छ ।

कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले शुक्रबार एक अन्तरवार्तामा यसमा कुनै ठूलो कुरा नभएको र छुट्टा छुट्टै देशसँगको कुराकानी भिन्न भिन्न गतिमा अघि बढिरहेको बताए । उनले भने, ‘संयुक्त अरब इमिरेट्ससँग थुप्रै चरणमा कुराकानी भएको छ र मतभेदलाई किनारा लगाउनका लागि सकारात्मक माहौल बनिरहेको हामीलाई महसुस भएको छ । मुश्किल समय समाप्त हुन केही समय लाग्न सक्छ ।’

इस्लामी संगठन विशेषगरी मुस्लिम ब्रदरहुडप्रति कतारको समर्थनलाई यूएई र इजिप्टले विरोध गर्ने गर्छ । यूएई, इजिप्ट, साउदी अरब र बहराइनले मुस्लिम ब्रदरहुडमाथि प्रतिबन्ध लगाएको छ ।

कुराकानीमा मुस्लिम ब्रदरहुडको मुद्दा उठाइएको थियो त भन्ने प्रश्नमा कतारका विदेशमन्त्रीले भनेका थिए, ‘जहाँसम्म मेरो जानकारी छ, यो मुद्दामा चर्चा भएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप