सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा चुनौती

आइतबार, १६ जेठ २०७८, १६ : १६
आइतबार, १६ जेठ २०७८

ओखलढुंगामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा चुनौती देखिएको छ । स्थानीय तहले संक्रमित मृतकको शव ब्यवस्थापनका लागि उचित स्थलको पहिचान गर्न नसक्दा शव व्यवस्थापनमा चुनौती देखिएको हो । 

ओखलढुंगा सामुदायीक अस्पतालमा शनिबार बिहान मृत्यु भएका दुई मध्ये एक मृतक संक्रमितको शव ब्यवस्थापनका लागि स्थान अभाव हुँदा २४ घण्टासम्म मृतकको शवलाई अस्पतालमै राख्नु परेको छ ।  यसअघि नियमित मृतकको शव ब्यस्थापन गर्दै आएको स्थानमा स्थानीयले कोरोना संक्रमित व्यक्तिको ब्यस्थापन गर्न नदिएपछि शदगद स्थलको अभाव भएको हो ।

कोरोनाका कारण मृत्यु भएका व्यक्तिको यसअघि शव ब्यवस्थापन गरिएको स्थल लिपे खोलमा स्थानीयले  शव सदगद गर्न दिएका छैनन् । जसका कारण जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा समस्या देखिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताइन् । सरकारको निर्देशन अनुसार कोरोना संक्रमित व्यक्तिको मृत्यु भएमा उनीहरुको शव व्यवस्थापनका लागी स्थानिय तहले स्थान पहिचान गर्नुपर्ने उल्लेख छ । तर जिल्लामा मृतकको शव व्यवस्थापन गर्ने स्थलको अभाव हुँदा मृतकको शव व्यवस्थापनमै चुनौती देखिएको प्रजिअ राईको भनाई छ ।

स्थानीयको विरोधपछि सिद्धिचरण नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव ब्यवस्थापनका लागी उचित स्थलको खोजी गरिरहेको जनाएको छ । नगरपालिकाले मृतक कोरोना संक्रमितको शव ब्यस्थापन गर्न सिस्नेखोला किनारलाई प्रजिअ सामु प्रस्ताव गरेको छ । प्रमुख जिल्ला अधिकारीलाई नगरप्रमुख मोहन कुमार श्रेष्ठले मौखिक रुपमा प्रस्ताव गरेकाले लिखित रुपमा निर्णय भएर आए सोही स्थानलाई मृतकको शव ब्यस्थापन स्थल बनाईने जिल्ला प्रशासन कार्यलय ओखलढुङ्गाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप