उज्वल थापाको उपचारमा आवश्यक सहयोग गर्ने सरकारको प्रतिवद्वता
आइतबार, १६ जेठ २०७८, ०९ : ००
सरकारले विवेकशील साझा पार्टीका नेता उज्वल थापाको उपचारका लागि आवश्यक सम्पूर्ण सहयोग गर्न तयार रहेको जनाएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता थापाको स्वास्थ्य अबस्था चासो राख्दै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका हुन् ।
पोखरेलले आइतबार थापाकी आमा शान्तालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्नुपर्ने भए जानकारी गराउन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । ‘सरकारका तर्फबाट केही विशेष गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सम्पूर्ण सहयोग गर्न तयार छौं’– उपप्रधानमन्त्री पोखरेलले भने ।
उपप्रधानमन्त्री पोखरेलले आजै थापा उपचाररत मेडिसिटी अस्पतालका चिकित्सकहरूसँग टेलिफोन गरेर स्वास्थ्य अबस्था बारे जानकारी समेत लिएका छन् । कोरोना संक्रमणका कारण उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
-
कतारलाई हराउँदै बोस्निया तेस्रो स्थानमा, विश्वकपबाट कतारको बिदाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण