पाँच वर्षमा सिटीको लगानी ६२ करोड युरो, तर जित्न सकेन च्याम्पियन्स लिग

एजेन्सी । पेप गार्डीओलाले शनिबार आफ्नो करियरमा तेस्रो च्याम्पियन्स लिग उपाधि जित्ने ठूलो अवसर गुमाए । थोमस टुचालको प्रशिक्षणमा रहेको चेल्सीले गार्डीओलाको म्यानचेस्टर सिटीलाई १–० ले हरायो । बार्सिलोनामा छँदा गार्डीओलाले दुईपटक च्याम्पियन्स लिग जितेका थिए– सन् २००९ र सन् २०११ मा । त्यसयता तीन सिजन बार्यन म्युनिखमा बिताएपछि सन् २०१६ मा गार्डीओला म्यानचेस्टर आए । उनी आएयता, म्यानचेस्टर सिटीले इङ्लिस फुटबलमा दबदबा कायम गर्दै तीनपटक प्रिमियर लिग, चारवटा काराबाओ कप, एकपटक एफए कप र दुईवटा कम्युनिटी शिल्ड जित्यो ।
‘हामीले अद्भूत रुपमा प्रतिष्पर्धा गर्यौं । यो हाम्रो पहिलोपटक थियो । फेरि यहाँ फर्कनका लागि हामी तयार हुनैपर्छ’ फाइनलपछि उनले भने । गार्डीओलाले उपविजेताको मेडललाई किस गर्दै म्यानचेस्टर सिटीले पहिलोपटक फाइनलमा पुगेर हासिल गरेको उपलब्धि प्रदर्शन गरे ।
गत केही सिजन क्वाटरफाइनलबाटै बाहिरिएको सिटीले यसपटक फाइनल आइपुग्ने क्रममा बोरुसिया डर्टमुन्ड र पेरिस सेन्ट जर्माइनलाई हराएको थियो । तर फाइनलमा पहिलो हाफमा चेल्सीका काई ह्यार्भट्चले गरेको गोल नै निर्णायक बन्यो ।
च्याम्पियन्स लिगको फाइनल खेलेर पनि कहिल्यै उपाधि जित्न नसकेका २० क्लबमध्ये सिटी एक बन्यो । यो सूचीमा तीन पटकको उपविजेता एथ्लेटिको म्याड्रिड, दुईपटक फाइनल खेलेर पनि उपाधि जित्न नसकेका रेइम, भ्यालेन्सियालगायत पर्छन् ।
गार्डीओलाको प्रशिक्षणकाल अर्थात् विगत पाँच सिजनमा म्यानचेस्टर सिटीले ९३ करोड ८० लाख युरो खेलाडी भित्र्याउन खर्च गरिसकेको छ । त्यस्तै, उनले ३१ करोड ५० लाखमा विभिन्न क्लबमा खेलाडीहरु बेचेको छ । यसरी ६२ करोड ३० लाख लगानी गरेर क्लबले पाँच वर्षमा १० वटा उपाधि जित्यो । तर उसले जुन उपाधि जित्नका लागि यति धेरै लगानी खन्याएको थियो । त्यो उपाधि अर्थात् च्याम्पियन्स लिग जित्ने योजना कम्तिमा यो सिजन पूरा भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानन्यायाधीश पनि ट्रम्पकै पक्षमा, विदेश सहयोग रोक्का जारी राख्न दिए अनुमति
-
लागुऔषध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालकसहित २ जना पक्राउ
-
भूकम्पपछिको पुनःनिर्माणका लागि कहाँ-कहाँ खुल्दैछ प्राधिकरणको अस्थायी कार्यालय ?
-
‘वरिष्ठ बलराम’ आगामी लक्ष्मी पूजामा रिलिज हुने
-
पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गर्दै
-
अनलाइनबाट हुने अपराधलाई राज्यको सीमा भित्रका प्रयासले मात्रै रोक्न सकिँदैनः प्रधानमन्त्री