मुख्यमन्त्री गुरुङ ओली पथमा लागे : सचेतक नेपाली

गण्डकी प्रदेशका काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सर्वोच्च अदालतले प्रधानमन्त्री खड्गप्रसाद (केपी) ओलीको कदम विरुद्ध फैसला गर्दा समेत नैतिकताका आधारमा राजीनामा नगरी पदमै टाँसिएर बसेको ओप लगाएका छन् । उनले प्रधानमन्त्री ओलीले एकपछि अर्को प्रतिगामी कदम चाल्दै आगाडि बढ्दा समेत राष्ट्रपति प्रधानमन्त्रीको मतियार बनेकाले मुलुक अस्थिरतामा फसेको आरोप लगाए । उनले काँग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाका बहुमत सदस्य १४६ जनाको हस्ताक्षर बुझाउँदा समेत राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको मतियार बनेर अल्पमतमा परेका ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बताए ।
उनले सरकारले ल्याएको बजेट देखावटी र टालटुले भ्रमको पुलिन्दाका रुपमा आएको आरोप लगाए । ‘सरकारले चुनावमा प्रभाव पार्ने गरी ठुला सपना देखाएर बजेटमार्फत जनतालाई भ्रममा पार्न खोजेका छन’ उनले भने । ‘सरकारले नागरिकता जस्तो संवेदनशील विषयलाई अध्यादेशमार्फत ल्याएर कानुन र संसदको नै अपमान गरियो ।’
नेता नेपालीले गण्डकी प्रदेशका मुख्यमन्त्री समेत प्रधानमन्त्री ओलीको मतियार बनेर ओली पथमा लागेको आरोप लगाए । उनले संवैधानिक प्रक्रियाअनुसार प्रदेशसभामा अविश्वासको प्रस्ताव ल्याएकोमा मुख्यमन्त्री गुरुङले अविश्वास प्रस्तावबाट भागेर राजीनामा दिएको बताए ।
उनले अविश्वास प्रस्ताव प्रस्ताव दर्ता भएपछि प्रदेश प्रमुख समक्ष संसदमा दुई वा दुईभन्दा धेरै दलको हस्ताक्षर बुझाउँदा समेत गुरुङलाई नियुक्ति गरेर संविधान मर्यादा उलंघन गरेको आरोप लगाए । उनले प्रदेश सरकार कोरोना संक्रमणमा पुर्णरुपमा असफल भएको बताए ।
‘स्वास्थ्य मन्त्रालयका जिम्मेवारी सम्हालेका मुख्यमन्त्री गुरुङले प्रदेशमा अक्सिजन र आवस्यक जनशक्ति पर्याप्त भएको बताएको भोलिपल्टै पोखरामा अक्सिजनको अभावमा ८ जनाको मृत्यु भयो’ उनले भने । ‘त्यो दुःखद घटनाका वारेमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी लिएका मुख्यमन्त्री गुरुङले तत्काल माफी माग्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड