मिस इन्डिया हुन् परेश रावलकी श्रीमती, १२ वर्ष लिभइनमा बसेपछि गरेका थिए विवाह
बलिउड अभिनेता परेश रावलले आफ्नो अभिनयले धेरैको मन जित्न सफल भएका छन् । आफ्नो बहुप्रतिभाशाली अभिनय क्षमता, ठट्यौली पारा र भिन्न पर्सनालिटीका कारण परेश रावल मानिसहरुको मन मुटुमा बस्न सफल भएका छन् । कुनै फिल्ममा परेश रावल छन्, चाहे त्यो फिल्म चलोस् नचलोस्, उनले मनोरञ्जन भने दिने गर्छन् । साढे २ दशकदेखि परेश रावल अभिनयको दुनियाँमा सक्रिय छन् । अभिनेताको जन्मदिनमा उनको नीजि र व्यावसायिक जीवनसँग सम्बन्धित रोचक जानकारी साझा गरौं ।
परेश रावलको जन्म ३० मे, सन् १९५५ मा मुम्बईमा भएको थियो । अभिनेताले मुम्बईबाट नै कमर्समा ग्रेजुएशन गरे र थिएटरसँग जोडिए । उनले सन् १९७९ की मिस इन्डिया स्वरुप सम्पतसँग विवाह गरे । परेश रावलको स्वरुपसँग पहिलो भेट सन् १९७५ मा एक कार्यक्रमका बेला भएको थियो । स्वरुपलाई देख्ने बित्तिकै परेश रावल उनीप्रति आकर्षित भए । उनले त्यति नै बेला उनीसँग विवाह गर्ने निश्चय गरिसकेका थिए । तर यो त्यति सहज थिएन । यसका लागि परेशले निकै मिहिनेत गर्नुपर्यो । त्यसपछि सन् १९८७ मा १२ वर्ष सँगै बसेपछि परेशले स्वरुपसँग विवाह गरे । यी दुईका दुई सन्तान छन् ।
अभिनय अघि बैंकको जागिरः
निकै कमलाई थाहा होला कि परेश रावलले आफ्नो फिल्मी करियर सुरु गर्नुअघि जागिर पनि खाएका थिए । उनले बैंक अफ बरोडामा केही समय काम गरेका थिए । तर जब उनलाई आफू अभिनयका लागि बनेको हो भन्ने थाहा भयो तब उनले बैंकमा धेरैसम्म जागिर खान सकेनन् । उनले सन् १९९५ मा अर्जुन फिल्मबाट आफ्नो करियरको सुरुवात गरे । सुरुमा उनले नकारात्मक भूमिका मात्रै निर्वाह गरे । तर उनी बिस्तारै कमेडीतिर ढल्किए । उनले जतिपनि भूमिका निभाए ती सबै शानदार रहे ।
थुप्रै सुपरहिट फिल्ममार्फत् जिते प्रशंसकको मनः
परेशले आफ्नो करियरमा करिब २७० वटा फिल्ममा काम गरिसकेका छन् । यसमा लोरी, भगवान दादा, खतरों के खिलाडी, राम लखन, स्वगै, किंग अंकल, सरदार, दिलवाले, अंदाज अपना अपना, क्रान्तिवीर, हिरो नम्बर वान, गुप्त, चाची ४२०, चाइना गेट, हेरा फेरी, चोर मचाए शोर, हंगामा, हलचल, चुप चुप के, मालामाल विकली, वेलकम, मेरे बाप पहले आप, पा, फिराक, आक्रोश, ओएमजी, धर्म संकट मे, संजू, मेड इन चाइना र कुली नम्बर वन जस्ता फिल्म छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२५ जना शिक्षक नेताहरू सिंहदरबारमा
-
रोचक बन्दै ला लिगाको उपाधि होड, ‘एल क्लासिको’ भिडन्त नै बाँकी
-
विषादी सेवन गरेका पुरुषको मृत्युपछि नोबेल अस्पतालमा तोडफोड, एक प्रहरी निरीक्षक घाइते
-
सिकलसेल रोगको उपचारका लागि नेपाललाई औषधी प्रदान
-
कांग्रेस नेताका छोरा भाटभटेनीको रक्सी लुटेको आरोपमा पक्राउ परेको राजेन्द्र लिङ्देनको दाबी
-
काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरुलाई जोडेर पदमार्ग बनाऔँ : पर्यटनमन्त्री