शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा १२ देखि १५ वर्ष सम्मकालाई फाइजरको खोप दिन स्वीकृति

आइतबार, १६ जेठ २०७८, १४ : ३९
आइतबार, १६ जेठ २०७८

एजेन्सी । जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्ष सम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ।  

फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो । १६ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यसअघि देखि नै यो खोप उपयोग हुँदै आएको थियो ।  मन्त्रालयले आगामी सोमबार सो समूहका लागि फाइजर खोप निःशुल्क उपलब्ध गराउने निर्णय सरकारले गर्ने अपेक्षा पनि गरेको छ ।  

यो खोप उनीहरुलाई उपयोग गर्न उपयुक्त हुन्छ की हुँदैन भन्ने बारेमा चिकित्सकीय परीक्षणका लागि दुई हजार २६० बालबालिकालाई लगाइएको थियो ।  परीक्षणबाट सकारात्मक नतिजा आएपछि विज्ञ तथा सरोकारवालाहरूले खोप १२ देखि १५ वर्षसम्मका बालबालिकाहरूलाई पनि लगाउने अनुमति दिन सकिने सुझाव दिएका हुन् । 

स्वास्थ्यकर्मीसहित अग्रपंक्तिमा खटिएका वयस्क व्यक्तिहरुलाई फाइजरको खोप लगाउने अनुमति भने जापानमा गत फेब्रुअरीमा नै दिइएको थियो ।  –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप