केन्द्रीय संस्करण

जटिल स्वास्थ्य अवस्थामा रहेका उज्ज्वल थापाको एक्मो प्रविधिबाट उपचार गरिँदै : के हो यो, कतिबेला आवश्यक पर्छ ?

person explore access_timeजेठ १६, २०७८ chat_bubble_outline0

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको ECMO (एक्मो) प्रविधिबाट उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यस्तै, परिवार, साथी र शुभेच्छुकहरुको तर्फबाट आइतबार जारी विज्ञप्तिमा एक्को प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पतालभन्दा बाहिरका विशेषज्ञहरुको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उपचार भैरहेको भए तापनि अवस्था जटिल बन्दै गएको जानकारी दिइएको छ ।

थापाको जुन प्रविधिमार्फत् उपचार भइरहेको छ, त्यो नेपाल मेडिसिटी अस्पतालमा मात्रै उपलब्ध भएको अस्पतालले जनाएको छ ।

के हो एक्मो प्रविधि ?

ECMO, एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिनेसन (एक्मो) बिरामीको स्वास्थ्य अवस्था जटिल बनेको अवस्थामा प्रयोग गरिन्छ । भेन्टिलेटरमा बिरामी राखेपछिको अर्को स्टेपको उपचारमा यो प्रविधि अपनाउने गरिन्छ ।

बिरामीको मुटु र फोक्सोले काम गर्न छोडेको वा नाजुक  भएको अवस्थामा अस्थायी रुपमा मुटु र फोक्सोको काम गर्ने प्रविधि नै एक्मो पद्धति हो ।

एक्मो प्रविधिले बाहिरी पम्पहरु र अक्सिजनेटरको सहायताले रगतबाट कार्बनडाइअक्साइड हटाई अक्सिजनको मात्रा बढाएर रक्तसञ्चार सही बनाउन मद्दत गर्छ । यो उपकरण मुटु, फोक्सो वा दुबै अंगलाई सहयोग पुर्‍याउन सक्षम भएको बताइन्छ ।

कस्ता बिरामीलाई प्रयोग गरिने ?

सुरुमा यो प्रविधि मुटुका बिरामीलाई मात्र प्रयोग गरिएको भएपनि अहिले यो स्वाइन फ्लू, विषादी सेवन गरेका बिरामीहरुलाई पनि प्रयोग गरिएको छ । यही उपचार पद्धति कोरोनाद्वारा संक्रमित उज्ज्वल थापामाथि पनि प्रयोग गरिएको हो ।  

सामान्यतः असम्भव जस्तै मानिने जटिल न्युमोनिया, स्वाइन फ्लू र बर्ड फ्लूका साथै पानीमा डुबेकाहरुको आकस्मिक उपचारमा धेरै ठूला राष्ट्रहरुले एक्मो उपचार पद्धती अपनाउने गर्छन् ।

 


 

अस्पतालका अनुसार यस प्रविधिको प्रयोगबाट भेन्टिलेटरमा राखिएका ८० प्रतिशत बिरामीले ज्यान गुमाउँदै आएकोमा यस प्रविधिले ८० प्रतिशत बिरामीको ज्यान बचाउन सन्छ ।

कति सफल ?

नेपाल मेडिसिटीमा यस प्रविधिबाट विषादी सेवन गरेका एक बिरामीको विषादी सेवन गरेको ६ घण्टापछि ज्यान बचाइएको छ । शरीरमा एलुमिनियम फोस्फाइड विषादीको मात्रा रहेका बिरामीको मृत्युदर लगभग ९६ प्रतिशत हुनेमा एक्मोको सहायताले उपचार गर्दा मृत्युदर ३६ प्रतिशतमा घटाउन सकिने अस्पतालले बताएको छ ।

खर्च कति ?

एक्मो प्रविधिबाट उपचार गराउँदा सुरुमा ३ देखि ४ लाखसम्म खर्च लाग्ने र त्यसपछि दैनिक ५०–६० हजार खर्च हुने जानकारी दिइएको छ । यहि प्रविधिबाट भारतमा उपचार गर्दा सुरुमा ७–८ लाख रुपैयाँ लाग्ने र त्यसपछि दैनिक २–३ लाख सम्म लिने गरेको पाइएको छ ।

 कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराएका थापाको विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.