सडक अवरुद्ध हुँदा कोरोना सङ्क्रमितलाई लिन गएको टोली रोकियो
केही दिनदेखि लगातार परेको वर्षाका कारण वालिङ हुवास खण्डको वालिङ नगरपालिका– १४ स्थित पानी ट्याङ्कीमा सडक माथिबाट आएको पहिराले सडक अवरुद्ध भएको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि लिन गएका युवा बाटोमै रोकिएका छन् । हुलकाङस्थित फूलबारीमा कोरोना सङ्क्रमणबाट बिरामी भएका एक पुरुषलाई उपचार गर्न अस्पताल पुर्याउनका लागि लिन गएका वालिङ– ९ का विवेक पराजुली र १४ का याम लुइँटेल सडक अवरुद्ध हुँदा बाटोमै रोकिएका हुन् ।
वालिङ– १२ का युवा समाजसेवी राजु काफ्ले (ख्याम) ले बिरामी लिन गएका युवा सडक अवरुद्ध हुँदा समयमै बिरामी भएको स्थलसम्म जान नसकिएको र बाटो खुलाउनका लागि नगरपालिकामा खबर गरिएको जानकारी दिए । लगातार परेको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडकका साथै बस्ती जोखिममा परेका छन् भने ग्रामीण सडकमा पहिरो जाँदा सवारी साधन चल्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’