शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महान्यायाधिवक्ताको आरोप– स्वच्छ सुनुवाइ भइरहेको छैन, ‘मिडिया ट्रायल’ भयो

आइतबार, १६ जेठ २०७८, १३ : १८
आइतबार, १६ जेठ २०७८

महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा ‘मिडिया ट्रायल’ भइरहेको भन्दै स्वच्छ सुनुवाइसमेत नभएको आरोप लगाएका छन् । संवैधानिक इजलासमा न्यायाधीश चयनसम्बन्धी विवाद बढेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यसबारे बहसका लागि पक्ष र विपक्षलाई एक–एक घण्टाको समय उपलब्ध गराएका छन् । सोही क्रममा सरकार पक्षको धारणा राख्दै महान्यायाधिवक्ता बडालले यस्तो आरोप लगाएका हुन् ।

उनले सभामुखलाई सल्लाह दिने र यहाँ बहस गर्न आउने वकिल एउटै भएको भन्दै कानुन व्यवसायीलाई आचारसंहिता पालनामा समेत ध्यानाकर्षण गराए । पक्ष र विपक्षको वकिल एउटै नहुने प्रस्ट पार्दै उनले एकातिर सभामुखलाई सुझाव दिने र अर्कोतिर स्वार्थ बाझिने गरी मुद्दाको बहसमा भाग लिने काम भइरहेको तर्फ ध्यानाकर्षण गराएका हुन् ।

‘म महान्यायाधिवक्तामात्र होइन, बार काउन्सिलको अध्यक्ष पनि हुँ,’ उनले भने, ‘त्यसैले म कानुन व्यवसायीलाई आचारसहित स्मरण गराउन चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप