सर्लाहीमा एकै परिवारका १४ जना कोरोना संक्रमित
आइतबार, १६ जेठ २०७८, १३ : १७
सर्लाहीमा एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो । एकै परिवारका ५१ वर्षीय हजुरबुबादेखि ९ वर्षीय नातिनीसम्म संक्रमित भएको बताइएको छ । वडामा देखिएका १५ संक्रमितमध्ये एकै परिवारका १४ जना कोरोना पोजेटिभ पुष्टि भएको हो ।
एकै परिवारका १४ जना कोरोना संक्रमित भएको हरिवन ७ का वडाअध्यक्ष नेत्रप्रसाद मैनालीले जानकारी दिए । उनले भने– ‘शुरूमा वैशाख २९ गते परीक्षण गराउँदा ५१ वर्षीय पुरुषका भाइ–बुहारीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि परिवारका अन्य १२ सदस्यको स्वाब परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण देखियो ।’
त्यसैगरि हरिवन नगरपालिका ११ मा पनि एउटै परिवारमा ५ जनासम्म संक्रमित भएको वडाध्यक्ष शेख महबुब रेजाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा