भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु
कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ ।
गत मे ९ तारिखमा एकै दिन चार लाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घण्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
यो सहित भारतमा आइतबारसम्म कूल संक्रमितको संख्या दुई करोड ७९ लाख पुगेको छ । र सक्रिय संक्रमितको संख्या भारतमा अझै २१ लाख १४ हजार रहेको छ । विगत २४ घण्टामा एक लाख १४ हजारले सक्रिय संक्रमितको संख्यामा कमी आएको पनि मन्त्रालयले जनाएको छ ।
भारतमा हालसम्म दुई करोड ५५ लाख व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् ।
तर भारतमा कोभिड–१९ को संक्रमणबाट भइरहेको दैनिक मृत्यु दरमा सामान्य गिरावट आए पनि तिब्र सुधार हुन सकेको छैन । मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ४६० जनाको ज्यान गएको छ । यो सहित भारतमा कूल मृतकको संख्या तीन लाख २५ हजार ९७२ पुगिसकेको छ ।
कोरोनाभाइरस महामारीबाट आम जनतालाई सुरक्षित राख्न गत जनवरीदेखि नै खोप अभियान सञ्चालन गरेको भारतले देशभर हालसम्म २१ करोड २० लाख डोज खोप लगाएको छ । शनिबार एकै दिन भारतमा ३० लाख भन्दा बढी व्यक्तिलाई खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतले हाल १८ वर्षभन्दा माथिको उमेर समूहका सबै व्यक्तिलाई खोप दिइरहेको छ । तर खोपको माग तिब्र भए पनि आपूर्ति त्यस अनुरुप हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसैबीच, भारत सरकारले देशभर कोभिड–१९ को परीक्षणलाई तिब्र बनाएको छ । शनिबारसम्म भारतमा ३४ करोड ३२ लाख नमुना परीक्षण गरिएको छ जसमध्ये शनिबार एकै दिन २० लाख ६३ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
भारतमा हाल तीन किसिमका खोप प्रयोगमा ल्याइएको छ । भारत सरकारले सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिसिल्ड, को भ्याक्सिन र रसिया–निर्मित स्पुतनिक भी खोपलाई प्रयोगका लागि अनुमति दिएको छ ।
कतिपय राज्यमा भारत सरकारले निःशुल्क खोपको व्यवस्था गर्नुका साथै निजी संस्थाबाट खोप बिक्रीका लागि अनुमति दिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धान बाली : क्षेत्रफल घट्दै गए पनि उत्पादन बढ्दो
-
भूकम्पपछि चीनद्वारा सगरमाथा अवलोकन क्षेत्र बन्द
-
युक्रेनी सहर कब्जा गरेको रुसको दाबी, के भन्छ युक्रेन ?
-
सार्वजनिक सवारी : भाडा मात्र बढ्छ, सुधारमा छैन ध्यान (तस्बिरहरू)
-
केन्द्रीय समिति बैठककै बिच माओवादी पदाधिकारी बैठक बस्दै
-
बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा : अडियाे/भिडियाेलगायत सामाग्री मगाउने आदेश