उद्योगी व्यवसायीको प्रतिक्रिया : सुनसरी–मोरङलाई बजेटमा उपेक्षा गरियो
संघीय सरकारले अध्यादेश मार्फत सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेटप्रति मोरङ सुनसरीका उद्योगी व्यवसायीले असन्तुष्टि जनाएका छन् । प्रदेश–१ को राजधानी विराटनगर र आसपासको जिल्लालाई बजेटमा उपेक्षा गरेको उनीहरुको भनाइ छ ।
उनीहरुले प्रदेशको राजधानी रहेको विराटनगरसहित सुनसरीमा भइरहेका पूर्वाधार निर्माणलाई समेत बजेटले समेट्न नसकेको प्रतिक्रिया दिएका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले प्रदेशको राजधानी रहेको विराटनगरमा केही नयाँ कार्यक्रम आएपनि समग्रमा बजेटले सुनसरी मोरङलाई उपेक्षा गरेको प्रतिक्रिया दिए ।
उनले विराटनगरमा बजेट अभावका कारण तीन दशकदेखि अलपत्र परेको रिङरोड सम्पन्न गर्ने, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थल निर्माण गर्ने ,सम्मेलन केन्द्र निर्माण गर्ने लगायतका विषयमा बजेट मौन रहेकाले विराटनगरसँगै सुनसरीमा पनि खासै नयाँ विकास पूर्वाधारका कार्यक्रम नसमेटिएको बताए ।
‘उद्योगी व्यवसायीले सुनसरी मोरङ जिल्लामा सञ्चालनमा रहेका ठुला योजनालाई समयमै सम्पन्न गर्न बजेटले सम्बोधन गर्ने अपेक्षा लिएका थियौँ’, राउतले भने,‘बजेट सम्बोधनले हामीलाई निरास बनाइदिएको छ।’प्रदेशको राजधानी विराटनगरसँगै सुनसरीलाई पूर्वाधार विकासले सम्पन्न बनाउन तर्फ सरकारको ध्यान गएको देखिएन।’
विराटनगर विमानस्थललाई स्तरोन्नती गरी क्षेत्रीयस्तरको आवश्यक जग्गा अधिग्रहण गर्ने काम अघि बढेपनि बजेटमा त्यो कुरालाई पनि समावेश नगरिएकाले सरकार विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउने पक्षमा नदेखिएको उनले बताए ।
उद्योगी राउतले मोरङ सुनसरीले बजेटमा उपेक्षा गरेपनि प्रधानमन्त्रीको गृह जिल्ला त्यसमा पनि दमकमा बजेट केन्द्रीत गरेर विकास पूर्वाधारका कार्याक्रम समावेश गरेको आफूले पाएको उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले पनि बजेट प्रवचनमा ठिकै भएपनि कार्यान्वयनमा चुनौति रहेको बताए । उनले उद्योगी व्यवसायीले उठाएका कुराहरु सुनसरी मोरङलाई भौतिक पूर्वाधार विकासमा भने ठगेको बताए ।
‘बजेटले सुनसरी मोरङको विकास पूर्वाधार निर्माणलाई समेटेको पाइदैन’ घिमिरेले भने, ‘न प्रदेशको राजधानी विराटनगरलाई बजेटले छोएको देखिन्छ , न सुनसरीको विकासमा बजेटले सम्बोधन गरेको देखिन्छ।’
उनले उद्योगी व्यवसायीले लामो समयदेखि उठाउँदै आएको औद्योगिक ग्राम निर्माणको बिषय भने यस पटक समावेश भएको बताए । सुनसरीको अमरडुवामा औद्योगिक ग्रामको स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने भनिएको र विराटनगरको प्रर्दशनीस्थलका बारेमाबाहेक उद्योगी व्यवसायीले उठाएका मागलाई बजेटले कतैपनि सम्बोधन गरेको बताए ।
पूर्वाञ्चल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष एव इटहरीका उद्योगी टंक दुलाललेपनि बजेट समग्रमा चुनाबी इसुमा केन्द्रीत भएर आएको देखिएकाले बिकास निर्माण भन्दापनि राजनैतिक कुराहरुमा बढी केन्द्रीत भएको आफुले पाएको बताए ।
उनले बिगतका बर्षमा नियमित रुपमा बजेट मार्फत सम्बोधन हुदै आएका सुनसरी मोरङमा सञ्चालनमा रहेका बिकास निर्माण,पूर्वाधारका कार्यक्रमलाई यो बजेटमा समावेश नगरिएकाले बजेट उपेक्षा बिपरित आएका प्रतिक्रिया दिए ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले समग्रमा बजेट राम्रो भएपनि कार्यान्वयनमा चुनौति रहेको बताए ।
उद्योगी व्यवसायीले उठाउँदै आएका धेरै मागलाई बजेटले सम्बोधन गरेको बताउँदै त्यसलाई पुर्ण कार्यान्वयनमा लान सकेको खण्डमा बजेट उपलव्धीमुलक हुने उनको भनाइ छ ।
अर्थशास्त्री डा. पीके झाले पनि प्रदेश–१ का लागि भनेर खासै बजेटले नसमेटेको बताए ।‘विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन विगतदेखि नै आवाज उठ्दै आएको छ’ उनले भने,‘तर यसलाई प्राथमिकता दिइएको पाइएन।’
अर्थशास्त्री झालेपनि समग्रमा स्वाथ्थ्य क्षेत्रका बजेटको ठुलो हिस्सालाई केन्द्रमा राखेर आएको बजेट अहिलेको अबस्थामा सकारात्कमरुपमा लिन सकिने भएपनि बजेटमा बिकास निर्माण तथा पूर्वाधारमा स्थान बिषेशमा धेरै विभेद गरेको पाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सीको नयाँ प्रशिक्षक बन्ने होडमा जाभी र जिदानदेखि थियरी हेनरीसम्म
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना