शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकले गर्यो गुगल प्लस कोड अद्यावधिक

आइतबार, १६ जेठ २०७८, १२ : २२
आइतबार, १६ जेठ २०७८

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरूको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाइप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । मुक्तिनाथ यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो । 

गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोकासम्म पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालय सम्म पुग्न चाहनेहरुलाई अझ सहज हुनेछ । यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेवसाइटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाको कोडहरु उपलब्ध गराइएको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप