विपक्षी गठबन्धनको बैठक सकियो : संयुक्त विज्ञप्ति सार्वजनिक गरिँदै
काठमाडौं । विपक्षी गठबन्धनको बैठकले प्रतिनिधिसभा विघटन गरी सरकारले अध्यादेशमार्फत बजेट ल्याएर संविधान उल्लंघन गरेको निष्कर्ष निकालेको छ । आइतबार बिहा काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा काँग्रेस, माओवादी केन्द्र, माधव नेपाल पक्ष, उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलबाट उक्त निष्कर्ष निकालिएको हो ।
अध्यादेशबाट बजेट ल्याएको विरोधमा संयुक्त विज्ञप्तिमार्फत साझा धारणा सर्वजनिक गर्न लागिएको माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार केहीबेरमा विपक्षी गठबन्धनका तर्फबाट संविधान विपरीत सरकारबाट भएका गतिविधिको विरोधमा संयुक्त विज्ञप्ति सार्वजनिक गरिँदै छ ।
यस्तै राष्ट्रियसभा काँग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारीका अनुसार संयुक्त विज्ञप्तिमा कोभिड १९, भ्रष्टाचार, संविधान र लोकतन्त्र विरोधी गतिविधिलाई समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या