बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मानव अधिकार तथा शान्ति समाजद्वारा खाद्यान्न वितरण र स्वास्थ्य उपकरण सहयोग

आइतबार, १६ जेठ २०७८, १० : ५३
आइतबार, १६ जेठ २०७८

मानव अधिकार तथा शान्ति समाजले विभिन्न स्थानमा खाद्यान्न वितरण, रक्तदान र स्वास्थ्य उपकरण सहयोग गरेको छ । शनिबार १४ औँ गणतन्त्र दिवसको अवसरमा खाद्यान्न मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरूको पहलमा उक्त सहयोग प्रदान गरिएको संस्थाकी कार्यक्रम अधिकृत  
सरिता पौडेलले जानकारी दिएकी छन् । 

मानव अधिकार तथा शान्ति समाजले रुपन्देहीको सैनामैना नगरपालिका-८ स्थित शान्तिटोल र भड्छाका टोलका कोभिड प्रभावित विपन्न ६० दलित परिवारका बालबालिका एवं जेष्ठ नागरिकलाई ७८ हजारको खाद्य सामग्री सहयोग प्रदान गरेको हो । 

शनिबार बिहान शान्ति समाजका सभापति गोविन्द खनाल, अधिकारकर्मी लालहरी पाण्डे, हरिश ढकाल, आजिवन सदस्य बिमलराज भट्टराईसहित पदाधिकारीहरुले चामल, आटा, अण्डा, चनासहितको खाद्य सामाग्री हस्तान्तरण गरेका थिए  । 

यस्तै, शान्ति समाज दाङ शाखाले वैशाख महिनामा कारभित्र मृत अवस्थामा फेला परेका ३ जना बालकको परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ । 

जेठ १५ गते बिहान शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, सचिव निर्मल नेपाली र दाङ शाखा सभापति तुलसीराम सुनारले पिडित विपन्न दलित परिवारलाई सहयोग हस्तान्तरण गरेका थिए । 

यसैगरी, गणतन्त्र दिवसका दिन शान्ति समाज चितवन शाखाले देवघाटमा रहेको वृद्धाश्रममा फलफूल तथा स्वास्थ सामाग्री बितरण गरेको छ । 

शनिबार मानव अधिकार तथा शान्ति समाज र नयाँ वस्ती युवा क्लबको आयोजनामा जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

शान्ति समाजका तर्फबाट सल्लाहकार उत्तम पुडासैनीले संयोजन गरेको रक्तदान कार्यक्रममा समाजका महासचिव रामकृष्ण बराल, राजेन्द्र खनाल, शंकर श्रेष्ठ, दिवससिंह राउत, हरिचन्द्र दंगाल, सुरेश पौडेल, भाष्कर अधिकारी, कञ्चन अधिकारी, टिकाराम कार्की, अजित श्रेष्ठ, नविन भट्टराई, लिलादेवी पौड्याल, कृष्णप्रसाद फुयाल, सन्तोष भट्टराई, सन्तोष बस्नेत, पुष्प आचार्य, सावित्रि डंगोल, बसन्ति बराल, दिपक पुडासैनी, अनुपविक्रम विष्ट, समिर अधिकारी, सञ्जय तामाङ, सरु पुडासैनी, वसन्त पुडासैनी, प्रदिप श्रेष्ठ, प्रकाश श्रेष्ठ, नरोत्तम घिमिरे, हेमराज कार्की, चन्द्रप्रसाद पुडासैनी, गीता पुडासैनी, पवित्रा पुडासैनी, कृतन भट्टराई, प्रकाश पुडासैनी र रवि लामासहित ३४ जनाले रक्तदान गरेका थिए । 

साथै, शान्ति समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा न १ स्थित स्वास्थ्य समिति भोटेचौरलाई १ लाख मुल्यको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । 

२०७८ जेठ १२ गते शान्ति समाजका महासचिव रामकृष्ण बरालले वडा अध्यक्ष कृष्णप्रसाद चौलागाईसहित स्वास्थ समितिका कर्मचारीलाई सो उपकरण हस्तान्तरण गरेका थिए । 

उक्त कार्यक्रममा समाजका पुर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, आजीवन सदस्य देव नारायण चौलागाईको समेत सहभागिता थियो । सो अक्सिजन कन्सन्ट्रेटर समाजका सल्लाहकार होमकान्त चौलागाई समेतको सौजन्यमा प्राप्त भएको थियो । 

यसैगरी, शान्ति समाजले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा न. १ बसोबास गर्ने एउटा हात गुमाएकी बालिका आशिना चौलागाईको शिक्षाका लागि अक्षयकोष स्थापनार्थ १ लाख सहयोग प्रदान गर्ने भएको छ । 

२०७८ जेठ १२ गते शान्ति समाजका महासचिव रामकृष्ण बरालले सो प्रयोजनका लागि सूर्यमुखी वहुउद्देश्य सहकारीका अध्यक्ष मित्रलाल चौलागाई र वडा न. १ का वडा अध्यक्षको उपस्थितिमा शान्ति समाजका तर्फबाट ३५ हजार नगद हस्तान्तरण गरेका थिए । भने चाडै ६५ हजार थप गरी सो अक्षय कोषमा १ लाख पुर्याइने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप