बेलायती प्रमले २३ वर्ष कान्छी प्रेमिकासँग गोप्य रुपमा गरे विवाह

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले शनिबार आफ्नी प्रेमिका केरी साइमन्ड्सँग गुपचुप तरिकाले विवाह गरेका छन् । बेलायती मिडिया रिपोर्टलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले विवाह समारोह वेस्टमिन्स्टर क्याथेडरल चर्चमा भएको बताएको छ । यद्यपि, जोनसनका डाउनिङ स्ट्रीट अफिसका प्रवक्ताले यी रिपोर्टमा कुनै पनि प्रकारको टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
बेलायती पत्रिका द सन र मेल अन सन्डेमा छापिएको रिपोर्ट अनुसार विवाहका सबै पाहुनालाई अन्तिम समयमा आमन्त्रण गरिएको थियो । यो विवाहको जानकारी वरिष्ठ अधिकारीलाई पनि दिइएको थिएन । कोरोनाका कारण बेलायतमा विवाहमा ३० जनाभन्दा बढी सरिक हुन अनुमति छैन ।
प्रधानमन्त्री बनेदेखि नै सँगै बसिरहेका छन्ः
सन् २०१९ मा प्रधानमन्त्री बनेपछि नै जोनसन आफ्नी ३३ वर्षीया प्रेमिका केरी साइमन्ड्ससँग साउथ डाउनिङ स्ट्रीटमा बसिरहेका छन् । अघिल्लो वर्ष यी दुईले आफ्नो सम्बन्धबारे घोषणा गरेका थिए । साथै जन्मन लागेको बच्चाबारे पनि जानकारी दिएका थिए । सन् २०२० मा उनीहरुको छोरा जन्मिएको थियो ।
उनीहरुले छोराको नाम विलफ्रेट लरी निकोलस जोनसन राखेका थिए । एक महिना अघि छापिएको एक रिपोर्टमा साथी र परिवारका सदस्यलाई विवाहको निम्तो सन् २०२० मा नै पठाइसकिएको बताइएको थियो ।
बोरिसको दुईपटक सम्बन्धविच्छेद भइसकेको छः
प्रधानमन्त्री जोनसनको नीजि जीवन सधैं खटपटयुक्त रह्यो । उनको अहिलेसम्म दुई पटक सम्बन्धविच्छेद भइसकेको छ । उनको पहिलो विवाह सन् १९८७ मा एलेग्रा मस्टिन–ओवनसँग भएको थियो । तर सन् १९९० मा नै यी दुई अलग्गिए । त्यसपछि उनले वाल्यकालकी साथी तथा वकिल मेरिना ह्विलरसँग विवाह गरे । यी दुईका चार सन्तान छन् । तर सन् २०१८ मा यी दुई पनि अलग्गिए । विवाहेत्तर सम्बन्धबारे झुटो बोलेका कारण उनलाई एकपटक कन्जर्भेटिव पार्टीको पोलिसी टिमले बर्खास्त पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी