विपक्षी गठबन्धनका शीर्ष नेता देउवा निवासमा

विपक्षी गठबन्धनका नेताहरुबीच छलफल चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा विहान साढे ९ बजेबाट छलफल जारी छ । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीका अनुसार छलफलमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, पुष्पा भुसाल, राधेश्याम अधिकारीलगायत छन् ।
यस्तै माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, देव गुरुङ, कृष्णबहादुर महरा तथा एमालेको खनाल नेपाल पक्षबाट नेता माधव नेपाल र भीम रावल छलफलमा सहभागी छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि छलफलमा सामेल छिन् ।
संसद विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइका सन्दर्भमा थप रणनीति बनाउन विपक्षी दलका नेता छलफलमा जुटेको बुझिएको छ । राजनीतिक रुपमा केन्द्रदेखि जिल्ला तहसम्म सरकारविरुद्ध विपक्षीले मोर्चाबन्दी कसेका छन् ।
न्यायिक रुपमा पनि काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा दाबीका लागि काँग्रेस, माओवादी, माधव नेपाल पक्ष, जसपा उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका १४९ सांसदले हस्ताक्षर गरेका थिए।
तर राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको दाबी खारेज गर्दै सरकारको सिफारिसमा गत शुक्रबार प्रतिनिधि सभा विघटन गरेपछि ५ दलका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटबारे आज पनि सर्वोच्चमा बहस छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकृति
-
तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमा : बौद्धमा बत्ती बालेर बालाजुमा स्नान
-
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ? के भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई ?
-
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन्, राजदूतले भेट्दा कुरा भएको हो : देउवा
-
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित
-
श्रीलङ्कामा सात दिन : ती चियाबारी, त्यो रेल र त्यो रोमाञ्चक यात्रा