बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

साउदी अरबले ११ देशबाट प्रतिबन्ध हटायो

आइतबार, १६ जेठ २०७८, १० : ०३
आइतबार, १६ जेठ २०७८

साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । यसमा अमेरिका र बेलायत पनि समावेश छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो ।

गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको बताए ।

गृह मन्त्रालयका अनुसार यी देशमा कोरोना संक्रमण नियन्त्रणमा छ ।

साउदीले कूल २० देशमा यात्रा प्रतिबन्ध लगाएको थियो तर अब ११ देशबाट यो प्रतिबन्ध हटाइएको छ । यात्रा प्रतिबन्ध हटाइएका देश – यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड, इटली, पोर्चुगल, यूके, स्वीडेन, स्विटजरल्याण्ड, फ्रान्स र जापान हुन् । यद्यपि, यी देशबाट आउने मानिसहरुलाई क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यो निर्णय आजबाट लागू भएको छ ।

यो महिनाको सुरुवातमा साउदीले अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको सुरुवात गरेको थियो । साउदीको राष्ट्रिय एयरलाइन्सा सेवा कूल ४३ अन्तरराष्ट्रिय स्थानका लागि बहाल गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप