आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गायिका लासिमित राईको निधन

आइतबार, १६ जेठ २०७८, ०९ : १३
आइतबार, १६ जेठ २०७८

गायिका लासिमित राईको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गायिका राईको निधन भएको संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।
‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पीडाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् ‘केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ । त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो ।’

गायक अशोक मुकारुङले गायिका राईको निधन कोरोनाका कारण भएको बताएका छन् ।

‘नआउ सपना भरी’, ‘तिमीले दिएका वेदना’, ‘टुटेका मन’, ‘सधैँ भरी’, ‘कहिले हराउँदै’, ‘म मैना सरी’, ‘सुन कोशीको सङ्लो पानी’, ‘झारेको आँशु’, ‘तिम्रो माया’, ‘साउने भेलले’लगायतका गीतहरु गायिका लासिमितका लोकप्रिय छन् । यी बाहेक उनका थुप्र गीत सांगीतिक बजारमा आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप