महराले भने–सरकारलाई दिएको समर्थन कायमै छ
काठमाडौं– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन कायमै रहेको बताएका छन् ।
माओवादीको तर्फबाट देउवा सरकारमा नेतृत्व गरेका महराले पार्टीले निर्णय गरेको खण्डमा भने एक मिनेट पनि सरकारमा नबस्ने बताएका हुन् ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा महराले भने, ‘माओवादीको सरकारलाई दिएको समर्थन कायम रहेको छ । पार्टीले निर्णय गरेको खण्डमा हामी एक मिनेट पनि सरकारमा बस्दैनौं । तर, अहिले बाहिरिनेबारे कुनै निर्णय भएको छैन।’
उनले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन सफल बनाउन पार्टी र सरकारको ध्यान रहेको पनि बताए ।
प्रधानमन्त्री देउवाले माअोवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सरकारबाट बाहिरिन दबाब दिँदै आएका छन् । तर, माओवादी भने सरकारबाट बाहिरिने या रहिरहने भन्नेमा अलमलमा छ ।
प्रचण्डले राजीनामाबारे बाम गठबन्धनमा समेत छलफल गरेको बताइएको छ । छलफलमा एमाले अध्यक्ष केपी ओलीले राजीनामा नदिइहाल्न सुझाव दिएपछि अब के गर्ने भन्नेमा माअाेवादी अलमलमा रहेको स्रोतको भनाई छ ।
यसअघि माओवादीले चुनावसम्म आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने र मन्त्रीहरु फिर्ता नबोलाउने निर्णय गरेको थियो ।
तर, पछिल्लो पटक प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापासहित आठ मन्त्री थपेपछि माओवादी मन्त्रीमाथि नैतिक दवाव शुरु भएको छ ।
नयाँ मन्त्री सपथ लिएको तीन दिनसम्म पनि विनाविभागीय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन
-
अपडेट: अन्डरवेयरमा लुकाएको विदेशी मुद्रा बरामद
-
मुक्तिनाथ म्युचुअल फण्डको आईपीओ मंसिर २० गतेदेखि