शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

आइतबार, १६ जेठ २०७८, ०८ : २२
आइतबार, १६ जेठ २०७८

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । 

पश्चिमी वायुको प्रभावका कारण हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । 

यसैगरी, आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप