सेवा इन्टरनेशनलद्वारा अत्यावश्यक मेडिकल सामग्री हस्तान्तरण
सेवा इन्टरनेशनल युएसएले नेपालका लागि मेडिकल सामग्री हस्तान्तरण गरेको छ । कोरोना महामारीसँग जुध्न अति अवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पी.पी.ई. लगायत विभिन्न सामग्री सेवा इन्टरनेसनलले हस्तान्तरण गरेको हो ।
भर्चुअली आयोजित सामाग्री हस्तान्तरण कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडा, अमेरिकाका अध्यक्ष अरुण कंकानी, सेवाका अन्य प्रतिनिधि, अमेरिकास्थित विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि, सेवा इन्टरनेशनल नेपालका तर्फबाट प्रसन्न वैद्य, हिन्दू स्वयंसेवक संघ नेपालका प्रतिनिधि रेवती कुमार लगायतको सहभागिता रहेको थियो ।
अमेरिकामा बसोबास गर्दै आएका भारतीय तथा नेपाली मूलका सेवा भावी व्यक्तिहरूद्वारा सञ्चालित सेवा इन्टरनेसनलले विषम परिस्थितिमा नेपाललाई सहयोग पुर्याएकोमा राजदूत खतिवडाले आभार व्यक्त गरे । यसअघि सेवा इन्टरनेशनल नेपालले हिन्दू स्वयंसेवक संघ नेपालको सहकार्यमा काठमाडौँमा अक्सिजन सुविधासहित ८० बेडको, भैरहवामा १० बेडको तथा नेपालगञ्ज, वीरगञ्ज लगायत देशका विभिन्न स्थानमा अक्सिजन सुविधासहितको आइसोलेशन सेन्टर स्थापना गरेको थियो ।
नेपालगञ्जमा तथा बर्दिया गुलरियामा बिरामीहरूका लागि भोजनको व्यवस्था गरिएको र वीरगञ्जमा औषधि बैंक सञ्चालनमा ल्याइएको पनि सेवाका प्रतिनिधि प्रसन्न वैद्यले जनाएका छन् । धादिङको रुबि भ्याली गाउँपालिकामा आइसोलेशन सेन्टर सञ्चालनमा तथा बिरामी एवं कुरुवाका लागि भोजन उपलब्ध गराउनमा सेवा तथा संघले सहयोग पुर्याउँदै आएको छ ।
नारायणघाटमा पनि सेवा र संघको तर्फबाट कोरोना महामारीलाई लक्षित गरी एम्बुलेन्स व्यवस्था सञ्चालनमा ल्याइएको छ । त्यस्तै, कोभिड महामारीका कारण देशभरी नै अक्सिजनको अभाव भइरहेको अवस्थामा महेन्द्रनगरस्थित महाकाली अस्पताललाई पहिलो खेपमा ५० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ । सेवा तथा संघले आगामी एक महिनासम्म त्यहाँ अक्सिजन आपूर्ति गर्ने सम्झौता गरिसकेको छ । यी दुबै संस्थाले देशका विभिन्न स्थानमा मेडिकल किट, खाद्यान्न प्याकेट लगायतका वस्तु आपूर्ति पनि गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव र वामदेवबिच पार्टी एकताबारे छलफल
-
माओवादीले गर्यो पाँच विषयमा छलफल गर्न कोशी प्रदेश सभाको अधिवेशन माग
-
वीरगन्ज नाकाबाट १३२ जना महिला र बालबालिकाको उद्धार
-
नौबिसे–मुग्लिङ सडक आंशिक बन्द हुने
-
संसदीय समितिमा प्रधानमन्त्री ओलीको अनावश्यक चासो, विधेयक ‘होल्ड’ गराउने तयारी !
-
सरकारका कमजोरीलाई स्वस्थ खबरदारी गर्न मुख्यमन्त्री कँडेलको आग्रह