कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु, उजाडियो परिवार
कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विराटनगरको एक परिवार उजाडिएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको हो ।
परिवारका अभिभावक आमा ,छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृत्यु भएको आफन्त अरुण न्यौपानेले बताए ।
न्यौपानेका अनुसार परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि ८१ वर्षीय आमा,६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर चार दिनको बीचमा
उनीहरु मध्ये संक्रमणका कारण मंगलबार छोरा, विहीबार आमा र शुक्रबार बुहारीको मृत्यु भएको छ । उनीहरुका छोरो भने अस्पतालमा उपचाररत रहेका छन् ।
संक्रमणका कारण आमा बुबाको मृत्यु भएपनि छोरा अस्पतालमा रहेकाले दागवत्ती दिनपनि छोराले नपाएको आफन्त न्यौपानेले बताए ।
‘कोराना संक्रमणबाट चार दिनको अन्तरालमा परिवारका तिन सदस्यले मृत्युवरण गर्नु प¥यो’आमा,बुबाको मृत्यु हुदा छोराले दागबत्ती समेत दिन पाएनन्’आफन्त र छिरछिमेकले अन्त्येष्टिमा सहभागी भएका छौ,’ उनले भने । कोरोनाले ढुंगाना परिवारको घर नै उजाडिदिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार