शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पूर्वअर्थमन्त्री डा‍. महतको प्रतिक्रिया : राजनीतिक स्वार्थ पूरा गर्ने प्रचारमुखी बजेट

'यसरी बजेट प्रस्तुत गर्ने सरकारको अधिकार नै थिएन'
शनिबार, १५ जेठ २०७८, १९ : ४२
शनिबार, १५ जेठ २०७८

पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको बजेट आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न मूल लक्ष्य राखेर ल्याएको टिप्पणी गरेका छन् । नेता महतले बजेटमा समावेश विषय बस्तुहरुको विरोध गर्नुपर्ने नभएपनि यो बजेट कार्यान्वयन हुन कठिन रहेको बताए । 

‘यो बजेटमा एक वर्षमा कुनकुन कार्यक्रम सम्पन्न हुने भनेर पनि तोकिएको छैन । यो प्रचारात्मक बजेट छ । यो तुरुन्तै लागु पनि हुँदैन’, महतले रातोपाटीसँग संक्षिप्त प्रतिक्रिया दिदै भने, ‘राजनीतिक स्वार्थपूर्तिको मुल लक्ष्य राखेर बजेट ल्याइएको छ । लोक रिझाइ खालको बजेट आएको छ । मुखले भनेपनि तुरुन्त कार्यान्वयन गर्न सजिलो छैन ।’

उनले विश्वासको मत प्राप्त सरकारले संसदमा पेश गर्नुपर्ने बजेट यो सरकारले अध्यादेशबाट ल्याउनु नै गलत रहेको पनि बताए । ‘यो विश्वासको मत प्राप्त गरेको सरकार होइन, काम चलाउ सरकार त्यसमा पनि यो सरकार रहने या नरहने भन्ने अवस्थामा र सर्वोच्चमा मुद्दा चलिरहेको बेलामा यसरी बजेट प्रस्तुत गर्ने सरकारको अधिकार नै थिएन’, डा. महतको भनाइ छ । 

उनले यसरी बजेट ल्याउनु कुनै हालतमा प्रजातान्त्रिक पद्दति अनुसार नहुने भन्दै आफुहरुले दिएको सुझाव नसुनेर राजनीतिक स्वार्थ पुरा गर्न बजेट ल्याएको दावी गरे । ‘हामी पूर्वअर्थमन्त्री, पुर्व योजना आयोगका उपाध्यक्ष मात्रै होइन पूर्व सचिवले पनि पूर्ण बजेट नल्याउ भनेको तर सरकारले सुनेन । करका दरमा छुट दिने, व्यापारीहरूलाई छुट दिने भनेको छ । यो कुरो केन्द्रीय सरकारले पेश गर्नेमा मात्रै होइन, प्रदेश सरकारले गर्ने कामको समेत घोषणा गरेको छ’, महतको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप