शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा कोरोनाबाट थप १७ जनाको मृत्यु

शनिबार, १५ जेठ २०७८, १९ : ३९
शनिबार, १५ जेठ २०७८

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ । ५ महिला र १२ पुरुष गरी १७ जनाको विभिन्न कोराना विशेष अस्पतालमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
 मन्त्रालयको तथ्यांक अनुसार मोरङमा ३ महिला र ६ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ । यस्तै झापामा २, सुनसरीमा ३, भोजपुरमा १, उदयपुरमा १ र अन्य १ गरी १७ जनाको मृत्यु भएको हो ।

विपी प्रतिष्ठान धरामा ३, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराटनगर मोरङमा ७, नोबेल मेडिकल कलेजमा २, विराट मेडिकल कलेजमा ३ र अन्यमा २ को मृत्यु भएको हो । प्रदेशमा हालसम्म २४९ महिला र ६०९ जना पुरुष गरी ८५८ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा आज ९९५ जना संक्रमणमुक्त भएका छन् । मोरङबाट सवैभन्दा बढी ३४६ जना संक्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४३१ महिला र ५६४ पुरुष संक्रमणमुक्त भएका छ । हालसम्म कुल ३५ हजार ५३२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७०१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६ हजार ३७७ पुगेको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ९८७ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप