१०.५ प्रतिशतले बजेटको आकार बढ्यो, तर चालु र पूँजी खर्च किन गत वर्षको भन्दा पनि कम ?
सरकारले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि १०.५० प्रतिशतले बढि बजेट विनियोजन गरेको छ । गत वर्ष कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको सरकारले यस पटक १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट छुट्याएको हो । उता वार्षिक बजेटको आकार बढि रहँदा यता चालु खर्च र पुँजीगत खर्च भने सरकारले गत वर्ष भन्दा पनि कम विनियोजन गरेको छ ।
गत वर्ष चालू तर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड बजेट छुट्याएको सरकारले यस पटक ६ खर्ब ७८ अर्ब ६१ करोड मात्र छुट्याएको छ । त्यस्तै, पूँजीगत खर्च तर्फ गत वर्ष ३ खर्ब ५२ अर्ब ९१ करोड छुट्याएको सरकारले यस पटक ३ खर्ब ४७ अर्ब २६ करोड विनियोजन गरेको छ । यो भनेको गत वर्षको तुलनामा १ दशमलब ६० ले कम हो ।
यता वित्तीय व्यवस्थापनमा गत वर्ष कुल बजेटको २३.९ प्रतिशत अर्थात् १ खर्ब ७२ अर्ब ७९ करोड छुट्याएको सरकारले यस वर्ष कुल बजेटको १२.६ प्रतिशतले हुन आउने २ खर्ब ७ अर्ब ९७ करोड छुट्याएको छ ।
स्वास्थ्य क्षेत्रमा बजेट केन्द्रित
कोभिड–१९ महामारीको उच्च संक्रमणको अहिलेको अवस्थामा सरकारले स्वास्थ्य सुरक्षा, उपचार र कोभिडको निधानकै लागि अधिक बजेट विनियोजन गरेको देखिन्छ । जसका कारण यस पटक सरकारले स्वास्थ्य क्षेत्रमा मात्र १ खर्ब २२ अर्ब ७७ करोड छुट्याएको छ ।
कोभिड–१९ को रोकथाम, उपचार तथा कोभिड भ्याक्सिन खरिदमा अधिक बजेट व्यवस्थापन गरिएको छ । अस्पतालहरूको सेवा सुविधा विस्तार, भौतिक पूर्वाधार निर्माण तथा उपकरणहरुको खरिदमा समेत यस्तो बजेट विनियोजन गरिएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा
-
सरकार जनताप्रति उत्तरदायी छ : मन्त्री गुरुङ
-
ट्रकले मोटरसाइकल लाई ठक्कर दिँदा चालकको मृत्यु
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’