शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु

शनिबार, १५ जेठ २०७८, १८ : ०३
शनिबार, १५ जेठ २०७८

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत २१ जनाको मृत्यु भएको हो । 
गण्डकी प्रदेशमा विभिन्न जिल्लाका २१ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्कीमा ५,लमजुङ ३, नवलपरासी पूर्व ४, तनहुँ ३,मुस्ताङ १, म्याग्दी १ र बागलुङमा ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 
पोखरा–१० का ३९ बर्षिय पुरुष, पोखरा–३१ का २८ बर्षिय पुरुष,पोखरा–१९ का ७९ बर्षिय पुरुष, पोखरा–९ की ६८ बर्षिय महिला, नवलपरासी पूर्व,बर्धघाट–१४ की ३९ बर्षिय महिला, गैडाकोट–७ की ३६ बर्षिय महिला,त्रिबेणी–६ की ८० बर्षिय महिला,मध्यविन्दु–१४ का ५५ बर्षिय पुरुष र गैडाकोट–१० की ६७ बर्षिय महिलाको उपचारका क्रममा मृत्यु भएको हो । 

त्यसैगरी तनहुँ शुक्लागण्डकी–५ का ५८ बर्षिय पुरुष,ब्यास–७ का ५० बर्षिय पुरुष, शुक्लागण्डकी–८ की ५३ बर्षिय महिला,बागलुङ बरेङ–१ का ६५ बर्षिय पुरुष,बागलुङ नगरपालिका–३ का ५४ बर्षिय पुरुष, ढोरपाटन–५ का ५ का ६५ बर्षिय पुरुष, गलकोट–२ का ९१ बर्षिय पुरुषको मृत्यु भएको छ । 

त्यसैगरी लमजुङको मस्र्याङदी–३ की ३५ बर्षिय महिला,सुदरबजार–९ का ६८ बर्षिय पुरुष,बेशीसहर–६ की ६८ बर्षिय महिला, म्याग्दी बेनी–३ की ८४ बर्षिय महिला र मुस्ताङको वाराङवङङ–१ की ४० बर्षिय कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

यसैबीच गण्डकी प्रदेशमा थप ६४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  प्रदेशमा मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा गरिएको नमूना परिक्षणमा ६४७ जनामा कारोना संक्रमण देखिएको हो ।
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार ७४८ जनाको नमुना परीक्षण गरिएकोमा ३४३ पुरुष र ३०४ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक शर्माले जानकारी दिए ।

उनका अनुसार कास्कीमा १४०, म्याग्दी २४, स्याङ्जा २२५, बाग्लुङ १२७, पर्वत ३, तनहुँ ६४, गोरखा ५६, लमजुङ ५४ र नवलपुरमा ६४ जनामा संक्रमण देखिएको हो ।  

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४१ हजार १४२  पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ७७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २९ हजार ३७३ पुगेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप