जेम्स रोड्रिग्वेजले कोपा अमेरिका गुमाउने
कोलम्बियाका स्टार फुटबलर जेम्स रोड्रिग्वेजले कोपा अमेरिका फुटबल प्रतियोगिता खेल्न नपाउने भएका छन् । कोलम्बियाली राष्ट्रिय टिमका मेडिकल स्टाफले रोड्रिग्वेजको फिटनेस राम्रो नरहेको निष्कर्ष निकालेपछि उनी टोलीबाहिरै परेका हुन् ।
इङल्यान्डमा आफ्नो पहिलो सिजन रोड्रिग्वेजले चोटसँग संघर्ष गर्नुप¥यो । कोपा अमेरिकाका लागि पर्याप्त तयारीको समय दिन एभर्टनले लिगको अन्तिम खेलमा उनलाई समावेश गरेको थिएन, यस खेलमा एभर्टन म्यानचेस्टर सिटीसँग ५–० ले पराजित भयो । ‘कोलम्बिया टिमका प्रशिक्षण कर्मचारीहरुले जेम्स रोड्रिग्वेजलाई पेरु र अर्जेन्टिनाविरुद्धको विश्वकप छनोट खेल र कोपा अमेरिका २०२१ मा समावेश नगर्ने जानकारी गराएका छन्,’ कोलम्बियाली फुटबल संघको विज्ञप्तिमा उल्लेख छ,‘पछिल्लो दिनमा मिडफिल्डरले स्वास्थ परीक्षण गराएका थिए ।
जसबाट प्रतिस्पर्धामा लागि आवश्यक माथिल्लो तहको फिटनेस उनका नरहेको देखियो । यहीकारण प्रशिक्षक रिनाल्डो रुइडाले उल्लेखित खेल र दक्षिण अमेरिकी प्रतियोगिताका लागि बोलाएका खेलाडीहरुको समूहमा उनी समावेश हुनेछैनन् ।’
रोड्रिग्वेजले कोलम्बियाबाट ८० खेल खेल्दै २३ गोल गरेका छन् । त्यस्तै, २५ पटक गोलका लागि अवसर सिर्जना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या