शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

कोभिड–१९ प्रभावित यी क्षेत्रले नवीकरण दस्तुर तिर्न नपर्ने, स्वतः नवीकरण हुने

शनिबार, १५ जेठ २०७८, १७ : ०३
शनिबार, १५ जेठ २०७८


सरकारले कोभिड १९ प्रभावित विभिन्न उद्योग तथा व्यवसायले तिर्नुपर्ने  इजाजत तथा नवीकरण दस्तुर आगामी आर्थिक वर्षका लागि छुट गरेको छ ।

बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले होटल ट्राभल ट्रेकिङ लगायतका पर्यटन व्यवसाय, सार्वजनिक यातायत, हवाइ सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, सञ्चार गृह, विज्ञापन सेवा, टेलरिङ, ब्यूटी पार्लर, हेल्थ क्लबजस्ता व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुरमा छुट दिने व्यवस्था मिलाइएको जानकारी दिए । ती उद्योगहरु स्वतः नविकरण हुने उनले जानकारी दिए ।

त्यस्तै, कोभिड महामारीका कारण सञ्चलानमा आउन नसकेका होटललाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालन गरेमा नेपाल सरकारले तय गरेको मापदण्ड बमोजिमको रकम उपलब्ध गराइने पनि पौडेलले जानकारी दिए । होटल तथा पर्यटन क्षेत्रलाई उत्पादन मूलक उद्योगसरहको सुविधा उपलब्ध गराइने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप