मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

शनिबार, १५ जेठ २०७८, १६ : ४३
शनिबार, १५ जेठ २०७८


सरकारले जेष्ठ  नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर  मासिक ४ हजार पुर्याइएको हो।  

आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेल*ले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए । 

त्यसैगरी ज्येष्ठ नागरिकका लागि निःशुल्क औषधोपचारको व्यवस्था गरिने भएको छ । ज्येष्ठ नागरिक लगायत सबै प्रकारका सामाजिक सुरक्षा बापत आगामी आर्थिक बर्षका लागि १ खर्ब रुपैया विनियोजन गरिएको पनि उनले बताए ।  योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई पनि सहभागी गराइने भएको छ । समाजिक सुरक्षाका विभिन्न कार्यक्रमका लागि १४ अर्ब रुपैया विनियोजन गरिएको छ ।
त्यसैगरी महिला, बालबालिका र जेष्ठ नागरिकका लागि १ अर्ब २० करोड रुपैया विनियोजन गरिएको छ । राट्रपति महिला उद्यमी कार्यक्रम अन्र्तगतका कार्यक्रमलाई विस्तार गरिने, बालप्रज्ञा प्रतिष्ठान स्थापना गर्न, झापाको दमकमा चिल्डेन प्याराडाईज स्थापना गर्न र विभिन्न स्थानमा बालबालिकाको क्षमता अभिवृद्धिका कार्यक्रमका लागि बजेटको व्यवस्था गरिएको छ । 

प्रत्येक जिल्लामा बालकल्याण अधिकारीको व्यवस्था गरिने भएको छ । त्यसैगरी ज्येष्ठ नागरिकका लागि अस्पतालमा अलगै वेडको व्यवस्था गर्ने लगायत कार्यक्रमहरु पनि सरकारले अघि सारेको छ ।

 

*यसअघि विष्णु पौडेल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप