शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजेट बिफ्रकेस लिएर अर्थमन्त्री सिंहदरबारमा

शनिबार, १५ जेठ २०७८, १६ : ०९
शनिबार, १५ जेठ २०७८

 
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ सालका लागि बजेट प्रस्तुत गर्दैछन् । अध्यादेशबाट ल्याइएको बजेट भाषण गर्नका लागि उनी सिंहदरबारस्थित अर्थमन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेका छन् । 


सरकारले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गर्न लागिएको हो । कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु र कर्मचारीहरु सहभागी भइरहेका छन् ।  जेठ १५ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट प्रस्तुत गरिँदैछ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप