मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जसपामा स्पष्टीकरणको होडबाजी, महन्थले पनि पठाए उपेन्द्रलाई २४ घण्टे पत्र

शनिबार, १५ जेठ २०७८, १५ : ५५
शनिबार, १५ जेठ २०७८

जसपाका अध्यक्ष महन्थ ठाकुरले तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै अर्का अध्यक्ष उपेन्द्र यादवलाई फेरि स्पष्टीकरण पठाउन ताकेता गरेका छन् । उनले २४ घण्टे अल्टिमेटमसहित पुनः स्पष्टीकरण पत्र पठाउँदै सो अवधिमा जवाफ प्राप्त नभए पार्टीबाट निष्काशन समेतको कारबाही हुन सक्ने चेतावनी दिएका छन् । 

यसअघि उपेन्द्र यादवले पनि ठाकुरलाई तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै २४ घण्टे अल्टिमेटमसहितको पत्र पठाएका थिए । 

जेठ ११ गते पार्टी हितविपरितको गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकोमा तोकिएको ३ दिनभित्र जवाफ प्राप्त नभएकाले २४ घण्टाको समय दिइएको  स्पष्टीकरणपत्रमा उल्लेख छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप