सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

राप्रपाको ३१ औं स्थापना दिवस मनाइयो

शनिबार, १५ जेठ २०७८, १४ : ५५
शनिबार, १५ जेठ २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो ३१ औं स्थापना दिवस शनिबार मनाएको छ । कोरोना कहरका कारण स्थापना दिवस यो पटक भर्चुअल माध्यमबाट एक कार्यक्रम आयोजना गरि आज मनाइएको हो । 

कार्यक्रममा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो भक्तपुरस्थित लोकन्थलीस्थित निवासमा दिप प्रज्ववल गरि समुद्घाटन गरेका थिए । नेता चन्दले राप्रपालाई बलियो   राष्ट्रबादी शक्ति बनाउनको निमित्त सबैले मेहनत गर्नुपर्ने र अहिले मुलुकलाई बैकल्पिक शक्तिको आबश्यकता रहेको बिचार ब्यक्त गरे । 

 कार्यक्रममा बोल्दै पशुपति शमशेर राणाले कोभिड महामारी नियन्त्रणको निमित्त राज्यको सम्पुर्ण ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । राजा सहितको प्रजातन्त्र र सनातन हिन्दुराष्ट्रलाई स्थापित गर्नको निमित्त जनता केन्द्रित हुँदै संगठन निर्माणमा जुट्न राणाको आग्रह थियो । 

यसैगरी अर्का अध्यक्ष कमल थापाले पार्टी स्थापनाकालदेखी यहाँ सम्म ल्याउन महत्त्वपूर्ण योगदान दिने नेताहरुमा सम्मान प्रकट गरेका थिए भने दिबङ्गत नेताहरुप्रती श्रद्धा सुमन अर्पण गरेका थिए । 

गणतन्त्र ,धर्मनिरपेक्षता, संघीयताको बाटो बाट नभई राप्रपाले अबलम्बन गरेको मार्गचित्रबाट मात्र नेपालले स्वाभिमान कायम राख्दै समृद्धिको यात्रा तय गर्न सक्ने थापाको दाबी थियो । 

अर्का अध्यक्ष  डाक्टर प्रकाशचन्द्र लोहनीले बिगतका कमी कमजोरी , सफलता असफलताको बताए । उनले काङ्ग्रेस कम्युनिस्टको असफलता र अकर्मण्यताले मुलुक समस्याको दलदलमा भासिएको समेत बताए । 

 कार्यक्रममा जनवर्गीय संगठनको तर्फबाट महिला संगठनकी अध्यक्ष कुन्ती शाही, प्रदेश अध्यक्षहरुको तर्फबाट प्रदेश १ का अध्यक्ष राम थापा, जिल्ला अध्यक्षहरुको तर्फबाट सप्तरी अध्यक्ष उम्देश्वर यादव र प्रबास संगठनको तर्फबाट प्रेम कुमार श्रेष्ठले मन्तव्य ब्यक्त गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप