शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेलायतको चौथो खोपको रुपमा ‘जेनसेन’ ले पायो मान्यता

शनिबार, १५ जेठ २०७८, १४ : ४०
शनिबार, १५ जेठ २०७८

 फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले  विकास गरेको कोरोना विरुद्धको खोपलाई बेलायतको नियामक निकाय मेडिकल रेगुलेटरले प्रयोगका लागि अनुमति दिएको छ ।

बेलायतमा मान्यता प्राप्त गर्ने कोरोनाविरुद्धको खोपमध्ये यो चौथो खोप बनेको छ । यसअघि फाइजर, एस्ट्राजेनेका र मोडेर्नाले  बेलायतमा प्रयोगका लागि  अनुमति पाइसकेका छन्  । बेलायतले ‘जेनसेन’ को २० मिलियन डोज खोप सुरक्षित गरिसकेको छ ।

एक डोजमात्र लगाए पुग्ने उक्त खोप गम्भीर बिरामीका लागि ८५ प्रतिशत भन्दा बढी प्रभावकारी छ भने सामान्य अर्थात मध्यम अवस्थाका बिरामीका लागि ६६ प्रतिशत प्रभावकारी रहेको बीबीसीमा उल्लेख छ ।

सबैभन्दा पहिले यस खोपलाई अमेरिकाले मान्यता दिएको थियो । फाइजर, मोडेर्ना जस्ता खोपको तुलनामा जोन्सन खोप आर्थिक दृष्टिकोणले पनि फाइदाजनक हुनुकासाथै फ्रिजरको सट्टा सामान्य रेफ्रिजेरेटरमा नै भण्डारण गर्न सकिनेछ ।

यो खोप १८ वर्ष माथिकालाई बुस्टर ज्याबको रुपमा दिइनेछ । बेलायतका भ्याक्सिन मिनिस्टर नाधिम जहावीले ‘यो खोप महामारीसंग लड्ने अर्को हतियार सावित हुने बताएका छन् ।

बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ६ करोड ३३ लाख ४९ हजार २५२ मात्रा खोप वितरण भइसकेको छ ।

जसमध्ये तीन करोड ८८ लाख ७१ हजार २०० जनाले खोपको पहिलो मात्रा लगाएका  छन् भने दुई करोड ४४ लाख ७८  हजार ५२  जनाले दुवै मात्रा लगाएको स्वास्थ्य विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप