उज्वल थापाको परिवारद्वारा दुर्गा प्रसाईंको सहयोग अस्वीकार
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको परिवारले बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले दिने भनेको सहयोग अस्वीकार गरेको छ ।
प्रसाईले शनिबार बिहान एक विज्ञप्ति जारी गरी कोरोना संक्रमणपछि भेन्टिलेटरमा उपचचाररत थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका थिए ।
शनिबार थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरिएको प्रेस नोटमा उक्त सहयोग अस्वीकार गरिएको उल्लेख छ ।
‘उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौँ,’ प्रेस नोटमा भनिएको छ ।
थापाको सहयोगका लागि हालसम्म अमेरिकी डलर २२,२९१ र नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको परिवारले जनाएको छ ।
कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा थापाको उपचारमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा
-
सुदूरपश्चिम प्रदेश राजधानी निर्माणको विषय अझै कार्यान्वयन भएन
-
नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ भाषाको प्रशिक्षण
-
विचार संश्लेषणको लागि ६ महिनाभित्र विशेष महाधिवेशन गर्ने नेकपाको निर्णय
-
रविलाई न्यायाधीशले मुस्कुराएर भने– तपाईंको अनुभव पछि काम लाग्छ