दलको आड लिएर एनआरएनएमा उम्मेदवारी दिनेहरु पराजित

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौं विश्व सम्मेलनले दलको आड लागेर उम्मेदवारी दिनेहरुलाई झट्का दिएको छ । उम्मेदवारीका क्रममै दलको नजिक भएकोले जित्नेमा विश्वस्त देखिएकाहरु पराजित भए ।
उम्मेदवारी घोषणाको क्रममा अध्यक्षकी प्रत्यासी जमुना गुरुङले कामको मुल्यांकन गरि मत पाउने विश्वास रहेको वताएकी थिइन् ।
उनले दलहरुले जस्तै गठवन्धन बनाउने पक्षमा आफू नरहेको वताएकी थिइन् । तर, उनलाई साथ दिने उम्मेदवारहरु कांग्रेस नजिकका थिए । पदाधिकारीमा उम्मेदवारी दिएका तीन वलिया उम्मेदवार गुरुङको पक्षमा थिए । तिनै जना पराजित भए ।
सोमबार अवेर आएको मत परिणाममा अध्यक्षमा भवन भट्टले १ हजार १ सय ९७ मत प्राप्त गरि विजय भए भने उनकी प्रतिद्धन्दी गुरुङले ५ सय ९४ मत प्राप्त गरिन् ।
जमुनालाई अध्यक्षमा भिडाउन व्याक फोर्स रहेका उपाध्यक्षका उम्मेदवार सोनाम लामा पराजित भए । महासचिवमा डा. बद्री केसी विजयी भए । केसीको प्रतिस्पर्धीमा उठेका नेपाली कांग्रेस नजिकका त्रिलोक गुरुङ पछि परे । अध्यक्षको प्रत्यासी गुरुङको नजिक रहेकी साथै नेपाली कांग्रेस समर्थित निर्वतमान प्रवक्ता रञ्जु थापा पनि विजयी हुन सकिनन्। थापालाई महिलातर्फ उपाध्यक्षमा सोपिला राजभण्डारीले पछारिन् ।
पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको प्रवासी संगठनमा रहेको गर्व गर्दै जित्ने दावी गरेका जापान निवासी चिरञ्जीवी थापाले पनि उपाध्यक्षमा हार बेहारे । उनले सम्मेलनका अधिकांश प्रतिनिधीहरु कांग्रेस नजिक रहेको पनि भनेका थिए ।
नेपालमा विद्यार्थी राजनिती गर्दै वेल्जियम पुगेर कांग्रेस नजिकको प्रवासी संगठन जनसम्पर्क समितीको दुई कार्यकाल वेल्जियमको अध्यक्ष रहेका गंगाधर गौतम युरोप संयोजकमा पराजित भए ।
अमेरिकाबाट उपाध्यक्षमा दुई जना भिड्दा दुवैले हार बेहारे । अमेरिकाबाट उपाध्यक्षमा उम्मेदवारी दिएका सोनाम लामा र खगेन्द्र क्षेत्री पराजित भए ।
मध्यपूर्व भने यसपटक भाग्यशाली रह्यो । अध्यक्षका प्रत्यासी टिवी कार्कीले उम्मेदवारी फिर्ता लिएपनि अन्य पदमा सुखद रह्रयो । सचिवमा डिवी कार्की निर्वाचित भए भने कोषाध्यक्षमा हिक्मत थापा चुनिए ।
अमेरिकाको एक क्षेत्रीय संयोजकमा गौरीराज जोशी निर्वाचित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी
-
जनतासँग माओवादी तराई मधेस जागरण अभियान पुन: सुरु
-
‘गणतन्त्र उल्ट्याउने ज्ञानेन्द्र शाहको प्रयत्न, सरकार परिवर्तनको कुरा सत्तामोह र कुण्ठा मात्र’
-
कपिल शर्मासंग किन क्रुद्ध छन् मुकेश खन्ना ?
-
पार्टी कार्यालयमा एमाले नेतालाई सिस्नु !
-
रुससँग सम्झौता गर्नुअघि जेलेन्स्कीले दिए ट्रम्पलाई युक्रेन भ्रमणको निम्तो