शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

जनताको ध्यान तान्ने यी कार्यक्रम बजेटमा

शनिबार, १५ जेठ २०७८, ११ : ५१
शनिबार, १५ जेठ २०७८

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अध्यादेशमार्फत ल्याउँदै छ । यस पटक प्रतिनीधिसभा विघटन गरेर सरकारले चुनावको घोषणा गरिसकेकाले बजेटको आकार बढ्ने निश्चित छ ।
बजेटको आकार बढ्ने अर्को कारण सामाजिक सुरक्षा भत्तामा पनि सरकारले बृद्धि गर्ने तयारी गरेको छ भने अर्को तर्फ कोरोना महमारी नियन्त्रणका लागि र कोरोना प्रभावितहरुको लागि राहत तथा पुनरुत्थानका कार्यक्रम पनि ल्याउनुपर्ने भएकाले बजेटको आकार बढ्ने भएको हो । साढे १६ खर्ब हारहारीमा बजेट बिनियोजन गर्ने अर्थमन्त्रालयको तयारी छ । 

बजेट निर्माणको सम्पूर्ण काम सकिसकेको छ। केहीबेरमा बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेशबाट जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गर्नेछ । मन्त्रिपरिषद्को सो निर्णय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस भएपछि उनले अध्यादेश मार्फत बजेट जारी गर्ने छिन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप