केपी ओली मुलुकलाई दक्षिणपन्थी भासतर्फ लैजान उद्यत छन् : नेता खनाल
काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर संवैधानिक ’कू’ गरी मुलुकलाई प्रतिगमनमा धकेलेको बताएका छन् । गणतन्त्र दिवसमा शुभकामना सन्देश जारी गद इतिहासमा राष्ट्रघाती र प्रतिगमनकारी कदम चालेर सिंगो कम्युनिष्ट आन्दोलनलाई बिसर्जन गर्ने पात्रका रुपमा ओलीले आफूलाई स्थापित गरेको नेता खनालले बताए ।
नेता खनालले ओलीले आफूहरु जस्ता हजारौ लाखौं कार्यकर्ताको बलिदानिबाट बनेको पार्टीलाई दलाल पुँजीपति वर्गको पार्टी जस्तो बनाउँदै विचौलिया, दलाल, माफिया र भ्रष्टाचारीहरुलाई पक्षपोषण गरिरहेको आरोप लगाए ।
ओलीले निष्ठावान, त्यागी र इमान्दार कार्यकर्ता पंक्तिमाथि कारबाहीको डण्डा चलाउँदै निरंकुश तानाशाही प्रवृति देखाइरहेको उनको भनाइ छ ।
यस क्रियाकलापबाट पार्टी संगठनलाई ध्वस्त बनाउन र मुलुकलाई अस्थिरताका साथै दक्षिणपन्थी भासतर्फ लैजान ओली उद्धत भएको प्रष्ट भएको नेता खनालले बताए । पार्टीभित्र उत्पन्न दक्षिणपन्थी अवसरवादी सोंच, चिन्तन र गतिविधिका विरुद्ध दृढता पूर्वक वैचारिक संघर्ष गर्दै पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा निर्माण गर्नुपर्ने उनले बताए ।
राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्न, राष्ट्रियताका पक्षमा सिङ्गो देशलाई एकताबद्ध बनाउन प्रतिगमन बिरुद्ध सबै देशभक्त लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने खनालको जोड छ ।
यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्न, कोरोना महामारीको नियन्त्रणका लागि एकताबद्ध भएर परिचालित हुन र समाजवादको बाटोमा दृढतापूर्वक अगाडि बढ्न सबैमा आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय