गणतन्त्र दिवसमा कमल थापाको ट्विट : राजसंस्थाबारे पुनर्विचार गरौं
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थाबारे पुनर्विचार गर्न आग्रह गरेका छ । गणतन्त्र दिवसका दिन एकाबिहानै सामाजिक सञ्जालमार्फत थापाले यस्तो आग्रह गरेका हुन् ।
‘१३ बर्ष अघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो’ थापाको ट्विटमा भनिएको छ, ‘राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् । बरू भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ । त्यसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाबारे पुनर्विचार गरौँ ।’
यसअघि अध्यक्ष थापाले आफूलाई केपी ओली निकट भएको भनेर लागेको आरोपको खण्डन गरेका थिए ।
‘चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा प्रधानमन्त्रीको पक्ष लियो भन्छन् । तर, ओलीले देश बर्बाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् ।’ राप्रपा अध्यक्ष थापा भन्छन्, ‘चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुनः ओली नै प्रधानमन्त्री हुन्छन् । यो भविष्यवाणी होइन, संसदीय गणितले त्यही भन्छ ।’
थापाको ‘कार्यदिशा’
केपी ओलीले संसद विघटन गरेपछि राप्रपा अध्यक्ष थापाले ताजा जनादेशमा जानुपर्ने बताउँदै अगाडि सारेका ‘अबको कार्यदिशा’ यस्ता छन्–
–स्वास्थ संकटकाल घोषणा गर्ने ।
–सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालन गरी ३ महिनाभित्र कोरोना महामारी नियन्त्रण गर्ने ।
–आम नागरिकलाई खोपको व्यवस्था गर्ने ।
–चुनाव निष्पक्ष/स्वतन्त्ररुपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने ।
–चुनावबाट ब्रह्मलुट र सर्वसत्तावाद पराजित गर्ने ।
नागरिकता अध्यादेश फिर्ता गर्न माग
केपी ओलीद्वारा घोषित मध्यावधि चुनावलाई स्वागत गरेका राप्रपा अध्यक्ष थापाले नागरिकतासम्बन्धी अध्यादेशको भने खुलेर विरोध गरेका छन् ।
सत्ता स्वार्थका निम्ति अध्यादेश ल्याइएको बताउँदै थापा भन्छन्, ‘नागरिकता विधेयक संसदमा विचाराधीन छ । तर, सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरताबीच सरकारले जुन अध्यादेश जारी गरेको छ, त्यसको भत्सर्ना गर्दछु । यो राष्ट्रहित विपरीत र आपत्तिजनक अध्यादेश फिर्ता हुनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ, ८ वटा मोटरसाइकल बरामद
-
लुम्बिनी प्रदेशका तीन औद्योगिक क्षेत्र : बजेट र सरकारी पहलले जगायो निर्माणको आशा, उद्योगी उत्साहित
-
सवारी दुर्घटनामा एक जनाको मृत्यु
-
कैलालीमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुई घाइते
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान