जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो
जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त नरहेको भन्दै मा जुन २० सम्मका लागि सङ्कटकाल बिस्तार गरेको हो ।
एसिया–प्रशान्त क्षेत्रमा कोभिड–१९ सङ्क्रमण र मृत्युका घटनामा अझै अपेक्षाकृत कमी नआएपछि उक्त क्षेत्रका अधिकांश मुलुकहरूले उच्च सतर्कता अपनाएका छन् । यद्यपि केही देशहरूले यसको रोकथाम गर्न प्रतिबन्धहरूलाई बिस्तार गरेका छन् ।
सङ्कटकाल बिस्तार गरिएका जापानी नौ प्रान्तहरु टोकियो, ओसाका, होक्काइदो, आईची, क्योटो, ह्योगो, ओकायामा, हिरोशिमा र फुकुओका हुन् । सङ्कटकाल अवधि सोमबार समाप्त हुँदै थियो । जापानकै ओकिनावा प्रान्तमा यस पहिले नै जून २० सम्मका लागि कोभिड–१९ नियन्त्रणका लागि प्रतिबन्धका उपायहरूलाई बिस्तार गरिएको थियो ।
कोभिड–१९ नियन्त्रणका लागि अपनाइएका प्रतिबन्धहरूले रेस्टुरेन्टहरुलाई मदिरा बेच्न वा प्रत्यक्ष सेवाहरू प्रदान गर्न रोक लगाएको छ । स्वास्थ्य सावधानीका लागि विद्यालयहरू बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमहरूलाई पालना गर्नुपर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन
-
एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकता नगर्ने