धनगढी बसपार्कमा एक पुरुषको हत्या, ४ किशोर पक्राउ

कैलाली । कैलालीमा एक पुरुषको हत्या गरेको आरोपमा ४ किशोर पक्राउ परेका छन् । जिल्लाको धनगढी बसपार्कको प्रतीक्षालयमा सुतिरहेका व्यक्तिमाथि लुटपाट गरी हत्या गरेको आरोपमा प्रहरीले ४ किशोरलाई पक्राउ परेको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १ त्रिवेणी चोक बस्ने १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुरा अमरगढी नगरपालिका घर भई हाल कञ्चनपुर भिमदत्त नगरपालिका ३ बस्ने १९ वर्षीय प्रविण ऐर, डोटी पूर्वी चौकी गाउँपालिका ४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीका घोडाघोडी नगरपालिका १ बस्ने १८ वर्षीय युवराज शाही रहेका छन् ।
बिहीबार राती १२ बजे प्रतीक्षालयमा रगतम्य अवस्थामा एक पुरुष ढलेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले प्रतीक्षालयमा ढलेका पुरुषलाई मृत अबस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवम् प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई जानकारी दिए । उनको साथमा रहेको पैसा लुटपाट गरी हत्या भएको अनुमान प्रहरीले गरेको छ । पक्राउ परेकाहरूमाथि कर्तव्य ज्यानमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?