८ वर्षीया छोरी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

पाल्पामा एक पुरुष ८ वर्षीय छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । पाल्पाको बगनासकाली गाउँपालिकाकी ८ वर्षीय छोरीलाई बलात्कार गरेको आरोपमा ३१ बर्षीय बाबु पक्राउ परेका हुन् ।
जेठ १३ गते जबरजस्ती करणी विरुद्ध जाहेरी परेपछि ती पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले बताए । यता गुल्मीको रुरू गाउँपालिका २ रुद्रवेणीका एक युवक १० वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
जेठ ११ गते बालिकालाई बलात्कार गरेको जाहेरी परेपछि आरोपितलाई पक्राउ गरि अनुसन्धान थालिएको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उता, रुपन्देहीमा पनि एक पुरुष ४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बालिका बलात्कार गरेको आरोप उनलाई पक्राउ गरि अनुसन्धान थालिएको त्यहाँका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडामा मस्कको नागरिकता खारेज गर्न याचिका
-
आलोकनगरमा एकीकृत समाजवादीको सचिवालय बैठक
-
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
-
स्वास्थ्य बिमा बन्द हुन्छ भने जिम्मेवार को ?
-
राजेन्द्रको पार्टीमा लेबीको व्यवस्था : प्रधानमन्त्री भए २० हजार, वडाध्यक्ष भए ४ हजार
-
नेपाली सेनाले विदेशीसँग कहिले र कहाँ–कहाँ युद्ध गर्यो ?